सगीनी संरक्षणमा लागे पथरी शनिश्चरे ३ महिला समुह - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सगीनी संरक्षणमा लागे पथरी शनिश्चरे ३ महिला समुह

गोपाल काफ्ले/अर्जुन काफ्ले, पथरी, २६ कार्तिक
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढे संगै परम्परागत रुपमा नाचिदै आएको सङ्गीनी नाच लोपउन्मुख भएको छ । यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ती टोलका महिलाहरु लागि परेका छन् । यहाँ रहेको महिला जागरुक हरिकिर्तन तथा सङ्गीनी समुहले सङ्गीनी नाचको प्रचार प्रसार गर्न र नयाँ पुस्तामा यसका बारेमा जानकारी दिन प्रत्येक हप्ताको मंगलबार साँझ सङ्गीनी प्रशिक्षण कार्यक्रम नै संन्चालन गरेको छ ।

पछिल्लो समय यो समुहले सङ्गीनी नाच संरक्षणमा गरेको काम निक्कै प्रशशनिय छ । विषेशगरि विहे पुजा पुराण समारोह उत्सव आदिमा सङ्गीनी नाचिने र सो नाच मार्फत महिलाले आफ्नो पिडा पोख्ने गरेका थिए । विस्तारै वडेको पश्चिमा संस्कृतीको प्रभावले अहिले सङ्गीनी एका देशको कथा जस्तै वनेको छ । कुनै समय नेपालमा नै सङ्गिनीको हाई हाई थियो । मान्छे टाढा टाढाबाट बालन र सङ्गिनी हेर्न पुग्थे ।

विगत ४ वर्ष देखी यो समुहले आफ्नै खर्चमा सङ्गीनी संरक्षणका लागी आमा समुह, बुहारी समुह र छोरी समुह बनाएर सङ्गीनी खेल्दै आएका छन । गाउँका थोरै महिलाहरु भेला भएर गाउँमै खेल्दै आएको संगीनीलाई हाल छिमेकी पालिकाहरुले समेत बोलाउन थालेका छन । मौलिक संस्कार र संस्कृतीको संरक्षण गर्दै प्रचार प्रसारमा लागि परेको महिला जागरुक हरिकिर्तन तथा सङ्गीनी समुहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन । विबाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका बेदनाहरु गितका माध्यमबाट पोख्ने ठाउनै संगीनी भएको बताउनु हुन्छ स्थानीय खगेन्द्र लुईटेल ।

संङ्गिनी चै महिलाका दुख सुखका कुरा जो जातो पिस्दा देखी डिकी कुटदा सम्मका कुरा गितका माध्यमवाट पोख्ने गरीन्छ । खास गरी बाहुन, क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै शुभकार्यमा संगीनी नाचिने गरिन्थ्यो । झन्डै डेढ दशक अघि सम्म गाउँघरमा बालन नाचेको स्मरण स्थानिय भुवनेश्वर पोखरेलको रहेको छ ।

१४ बर्ष अगाडी भजन कृतन गर्न बनेको समुहले अब भजन कृतन गरेर मात्र हुदैन लोभ हुदै गरेको संगीनीको पनी संरक्षण गर्नु पर्छ भनेर ५ बर्ष अगाडी देखी संगीनी ठाउँ ठाउँमा देखाउदै आएको समुहकी अध्यक्ष देवीमाया पोखरेल बताउनु हुन्छ ।

पश्चिमा संस्कृतीको प्रभाव का विच संगीनी के हो भन्ने पुस्तालाई चिनाउन यसरी साप्ताहिक रुपमा प्रशिक्षण थालिएको हो । ‘सामुहिक रुपमा सुरुवात गरेको सङ्गीनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव वनाएको छ । सङ्गीनी प्रशिक्षणले बालबालीकाहरुमा पनि नैतिकवान, अनुसासन र संस्कारको विकास हुदै आएको छ । आमाहजुर आमा संगै सङ्गीनी प्रशिक्षण गरिरहेकी अपेक्षा खतिवडा भन्नुहुन्छ ‘यसले हामीलाई हाम्रो संस्कार वारे थपजान्ने मौका मिलेको छ’ ।

पश्चिमी संस्कृतीको प्रभाव वडि रहदा यो समुहले मौलिक परम्परा रहेको सङ्गीनी संरक्षणमा लागी रहेको छ । हाल झापा मोरङ्ग र सुनसरीका क्षेत्रमा हुने धार्मीक समारोहमा सङ्गीनी प्रस्तुत गर्न उत्त समुहलाई निमन्त्रणा हुन थालेको छ । भजन किर्तन गर्दै गरेको समुहले सङ्गीनी संरक्षणमा काम गर्न थालेपछि यसलाई सवै क्षेत्रबाट प्रसंसा र सहयोग प्राप्त भएको छ । हाल यस समुहमा पथरी शनिश्चरे ३ शान्ति टोलका ३५ घर परिवार यो कार्यमा सहभागी रहेका छन । लोप हुनलागेको संस्कारलाई ५ बर्ष देखि संरक्षण गर्दे आएको बताउनु हुन्छ समुहकी सचिव यसोदा पोख्रेल ।

महिलाहरुले आफ्ना पिडा गित मार्फत प्रस्तुत गरि नाचका मार्फतवाट पहिला पहिला प्रस्तुत गर्ने गरेको सङ्गीनी अहिले विस्तारै हराउदै गएको छ । मौलिक तथा परम्परागत नाचका रुपमा रहेको सङ्गीनीको संरक्षणका लागी समुहले आमा पुस्तावाट बुहारी र नातिनी पुस्तालाई भेला गराई प्रशिक्षणदिने गरेको नर्वदा खतिवडा बताउनु हुन्छ ।

युवापुस्तामा परम्परागत संस्कृतीको हस्तातरण हुनु पर्ने र यसको महत्व सवैमा गराउनु सके हराउदै गएको मैलिक संस्कार सहतिको संस्कृतीको संरक्षण हुने देखिन्छ । मैलिक संस्कार बोकेका संगीनी र बालनलाई महिला जागरुक हरिकिर्तन तथा सङ्गीनी समुहले जस्तै हजुरआमा पुस्तावाट नातिनी पुस्ता सम्म पु¥याउन सबै पक्ष एकजुट हुनुपर्ने देखिएको छ । देश देखी विदेश सम्म सङ्गीनीको प्रचारका लागी खेलेको भुमीकालाई राज्यले पनि सहयोग गर्ने कि ?

सम्बन्धित खवर