“मौलिक देउसी भैलो” को संरक्षणमा जुट्यो वीरेन्द्रनगर आइतबारे युवा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

“मौलिक देउसी भैलो” को संरक्षणमा जुट्यो वीरेन्द्रनगर आइतबारे युवा

गोपाल काफ्ले/ पथरी, १३ कार्तिक
मोरङको पथरी शनिश्चरे ३ वीरेन्द्रनगरमा एक दिने मौलिक देउसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । वीरेन्द्रनगर आइतबारे युवाहरूको आयोजनामा सम्पन्न प्रतियोगितामा विराट देउसी भैलो समूह सुन्दरहरैंचा, विराटचोक प्रथम भएको छ । लोप हुँदै गएको नेपाली हिन्दूहरूको मौलिक देउसी र भैलो नृत्यको प्रतियोगितामा बृहत् संहिता देउसी भैलो समूह द्वितीय, दिर्घायु देउसी भैलो समूह, तृतिय र पाथिभरा बालन देउसी भैलो समूह सान्त्वना भएको छ ।

एक दिने मौलिक देउसी भैलो प्रतियोगिताको विजयी समुहलाई पुरस्कृत गर्दै कार्यक्रमका प्रमुख आतिथी पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यस्ता मौलिक कार्यक्रमले समाज निर्माणमा ठुलो योग्दान पुर्याउदै संस्कार र सस्कृतीको संरक्षण हुने बताउनु भयो । कार्यक्रममा विभिन्न देउसी भैली समूहहरूले दिपप्रज्वलन, सयपत्रीको माला, थालभरि सेल, बाँसुरी र मादल जस्ता बाध्यबादन प्रयोग गरि देउशी खेलेका थिए ।

पथरी शनिश्चरे वडा नं ३ को जनता माध्यमिक विद्यालयको प्राङ्गणमा नेपाली हिन्दूहरूको मौलिक देउसी र भैलो संरक्षण गर्ने उदेश्यले प्रतियोगिता आयोजना भएको वीरेन्द्रनगर आइतबारे युवाका अध्यक्षता केदार बोहोराले जानकारी दिनु भयो । पथरी शनिश्चरे नगरपालिका र पथरी शनिश्चरे वडा नं ३ ले संस्कार सस्कृती संरक्षणमा गरेको सहयोगले समाजमा सकरात्मक सन्देश दिने अध्यक्ष बोहोलाले बताउनु भयो ।

पछिल्लो पुस्तामा नेपाली हिन्दूहरूको मौलिक देउसी र भैलो लोप हुँदै गएकोले यस्को संरक्षण तथा सम्बर्धनका लागि युवाहरु एक जुट हुनु पर्ने कार्यक्रम व्यवस्थापन तथा संयोजक हेमन्त ओझाले बताउनु भयो । यस्ता कार्यक्रमले नेपालीजनको हराउँदै गरेको परम्परा, मौलिकता र साँस्कृतिक संस्कारको संरक्षणमा आउँदै गरेका पुस्ताहरूलाई प्रेरित गरि संरक्षण गर्ने टेवा पुग्ने ओझाले बताउनु भयो ।


कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, नमुना बालगृह उर्लाबारीकी अध्यक्ष मिना बराल, जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्रप्रसाद अधिकारी, पथरी नगरपालिकाका साहित्यकार तथा सञ्चारकर्मी भूपेन्द्रराज तिम्सिना लगायतको उपस्थिति रहेको थियो।

रमेश खड्का काशीको परिकल्पनामा सम्पन्न कार्यक्रम तिर्थ आचार्यले संचालन गर्नु भएको थियो भने कार्यक्रमको निर्णायक भुपेन्द्रराज तिम्सिना, अर्जुन सेन्चुरी, पुष्प राई रहनु भएको थियो ।

सम्बन्धित खवर