पथरी/ १३ कार्तिक
पथरी भेट्रान पथरीशनिश्चरेमा जारी प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
ट्राइबेकरमा केरावारीको सतिशाले भेट्रानलाइ ४–२ गोल अन्तरले पराजित गर्दे पथरीले फाइनलमा स्थान सुरक्षीत गरेको हो । उपाधी रक्षाका लागी पथरीले बुधवार उर्लावारी युथ क्लव संग भिडन्त गर्ने छ ।

मंगलबार भएको अन्तिम सेमिफाइनलमा निर्धारित समयमा २–२ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । प्रतियोगीतामा झापा र मोरङ्गका ८ वटा क्लबको सहभागीता रहेको छ ।
निर्धारित समयमा पथरीका विक्रम लिम्वुले गरे खेलको १२ औं मिनेटमा वान भर्सेस वानमा गोल गरे । पथरीका लागी दोश्रो गोल सानु राजा ग्लानले गरे । अतिरिक्त समयमा दिपक राईले डि एरिएया नजिक दिएको पासलाई सुन्दर ढङगले ग्लानले गोल गरे । पहिलो हाफमा २ गोलले पछि परेको सतिशाले भेट्रान दोश्रो हाफमा आक्रमक खेल खेल्यो । सतिशालेका तर्फ वाट दुवै गोल देउ बहादुर लिम्वुले गरे । लिम्बुले दोश्रो हाफको ६मिनेटमा कर्नर एरियावाट गरेको प्रहारलाई पथरीका गोल किपर राजेन्द्र धिमालले भेउ पाएन र गोलले जाली चुमे ।

दोश्रो हाफको २१ औं मिनेटमा लिम्वुले गोल गरे । निर्मल तामाङ्गले प्रहार गरेको फ्रिकिक पथरीका गोल किपर धिमाल वाट फुत्किएपछि लिम्बुले वरावरी गोल गरे ।
ट्राइबेकरमा पथरीका वुद्ध चेम्जोङ्ग,अनिल चुडाल,लाल वहादुर लावती,बिक्रम लिम्बुले गोल गरे भने सतिशालेका खेम लिम्बु, निर्मल तामाङ्ग
तिर्थ बस्नेत र गणेश लिम्बु ले गोल गर्न नसक्दा सेमिफाइनलवाटै सतिशाले प्रतियोगीतावाट वाहिरीन पुग्यो । खेलको म्यान अफ दि म्याच आयोजकका अनिल चुडाल घोषित भए । विजेताले १ लाख १हजार र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ ।


















