विनायक पाठक/ पथरी, १२ कार्तिक
दुई बर्ष अगाडी दुर्घटनामा मृत्यू भएका पथरी शनिश्चरे १ का भलिवल खेलाडी सनम थापालाई संझदै “मोरङ जिल्ला अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता २०८१” शुरु भएको छ । आजबाट मोरङको पथरी शनिश्चरेमा भुपू सैनिक बोडीङ स्कुलको खेल मैदानमा संचालन भैएको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्ने छ ।

स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भिमकुमार राईले उद्धटन गर्नु भएको छ । उद्धघाटन खेलमा पथरी शनिश्चरे नगरपालीकाले कानेपोखरी कानेपोखरी गाउँपालिकालाई सोझो सेटमा हराएको छ । वेष्ट अफ थ्रिमा खेलाएको उद्धटन खेलमा पथरी शनिश्चरे नगरले कानेपोखरी गाउँपालिकालाई २५-१४, ३०-२८ को सेटमा खेल जित्दै सेमीफाईन प्रबेश गरेको छ । त्यस्तै आजै भएको दोस्रो खेलमा उर्लावारी नगरले रतुवामाई नगरलाई पराजित गरेको छ । उत्त खेलमा उर्लाबारीले रतुवामाईलाई २३-२५, २५-१९, १५-१२ जित निकाल्दै सेमीफाईन प्रबेश गरेको छ । आजै भएको तेस्रो खेलमा लेटाङ नगरले रंगेली नगरलाई २५ -१८, २३- २५ र १५-१३ को सेटमा खेल जिल्दै सेमीफाईन प्रबेश गरेको छ ।

पथरी शनिश्चरे भलिबल क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा मोरङ जिल्लाका ९ टिमको सहभागिता रहेको छ । पथरी शनिश्चरे नगरपालिकाको आथिक सहयोगमा कार्तिक १२ देखि १४ गते सम्म तिन दिवशीय प्रतियोगिताको शुरु भएको हो । भोलीको पहिलो खेल बेलबारी नगरपालिका र बुढी गंगा गाउँपालिका बिच हुने छ भने दोस्रो खेल पथरी नगरपालिका र उर्लावारी नगरपालीका र तेस्रो खेल केराबारी गाउँपालिका र बेलबारी र बुढी गंगा गाउपालिका विचको बिजेता भिड्ने आयोजक समितिका सदस्य प्रकास धिमालले बताए ।
उद्धटन कार्यक्रममा पथरी शनिश्चरे भलिवल क्लवका अध्यक्ष नारायण कट्टेलको क्लवका कुसल स्पाईकर स्व. सनम थापाले क्लवलाई दिएको योग्दानको खुलेर प्रसंसा गर्नु भयो । अध्यक्ष कट्टेलले थापाको मृत्यूले क्लवलाई ठुलो क्षती पुगेको प्रति दु:ख प्रकट गर्नु भयो ।


















