खेम पोख्रेलको ह्याट्रीक संगै उर्लावारी क्लव फाईनल प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खेम पोख्रेलको ह्याट्रीक संगै उर्लावारी क्लव फाईनल प्रबेश

गोपाल काफ्ले/पथरी , १२ कार्तिक
उर्लाबारी क्लव उर्लाबारी मोरङको पथरी शनिश्चरेमा जारि प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकपको फाईनलमा प्रबेश गरेको छ । उर्लाबारीको जितमा खेम पोख्रलले ह्याट्रीक गरे भने सन्तोष राईले एक गोल गरेका हुन । आज भएको पहिलो सेमिफाईनल खेलमा ४-१ गोल अन्तरले विराट भेट्रान्स क्लव विराटचोकलाई हराउदै उर्लावारी क्लवले फाईनल यात्रा तय गरेको हो ।

उर्लाबारी क्लवका लागि खेलको दुई मिनेटमा खेम पोख्रेलले गोलको खाता खोलेका थिए । पोख्रेलले खेलको २६ र ४६ औं मिनेटमा ब्यात्तीगत दुई गोल थप्दै ह्याट्रीक पुरा गरेका हुन । उर्लाबारीका लागि खेलको ५८ औं मिनेटमा एक गोल गर्दा खेल ४-१ गोल अन्तरले उर्लाबारीले जितेको हो । विराट भेट्रान्स क्लव विराटचोकका लागि एम मात्र सान्तवना गोल खेलको २८ औं मिनेटमा सुरज प्रधानले गरेका थिए ।

आज सोमवारको पहिलो सेमिफाईनल खेलको म्यान अफ दि म्याच’ उर्लावारी क्लवका ह्याट्रीककर्ता खेम पोख्रेल घोषित हुदै नगद १५ सय प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पथरी शनिश्चरे वडा नं १ का अध्यक्षा तथा शैक्षिक अभियन्ता प्रदिप कुमार राईले पुरस्कृत गर्नु भयो । भोलि म‌गलबारको दोस्रो सेमिफाईनल खेल पथरीशनिश्चरे भेट्रान्स र सतिसाले भेट्रान्स मोरङ बिच हुने छ ।

https://www.facebook.com/share/p/K1XumXQDsqMXKEmW/

प्रतियोगिता पथरी शनिश्चरे भेट्रान्स एफ सि पथरी शनिश्चरेको आयोजनामा र पथरी शनिश्चरे वडा नं १ को मुख्य सहयोगमा संचालन भएको छ । पथरी शनिश्चरे जाँते मोड स्थित दिपेन्द्र स्मृती खेल मैदानमा भएको प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले पच्पन्न हजार प्राप्त गर्ने छ । खेलाडी बिच मित्रता कायम राख्ने उदेश्य र युवा खेलाडीहरुको स्वास्थलाई मध्यनजर प्रतियोगिता आयोजना गरेको पथरीका पुर्व खेलाडी दिपक पुलामीले बताउनु भयो । प्रतियोगितामा उर्लावारी क्लव मोरङ, दुधे भेट्रान्स क्लव झापा, साहारा भेट्रान्स क्लव मोरङ, विराट भेट्रान्स क्लव मोरङ, आयोजक पथरी शनिश्चरे भेट्रान्स क्लव मोरङ, मिल्स भेट्रान्स क्लव मोरङ, लखनपुर भेट्रान्स क्लव झपा र सतिसाले भेट्रान्स क्लव सहित ८ टिमको सहभागिता रहने छ ।

 

सम्बन्धित खवर