विनायक पाठक/पथरी , ११ कार्तिक
सतिसाले भेट्रान्स केरावारी मोरङ मोरङको पथरी शनिश्चरे वडा नं १ मा जारि प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । सतिसाले भेट्रान्सले दमक लखनपुर भेट्रान्सलाई सहज पराजीत गर्दै सेमिफाईनल प्रबेश गरेको हो ।

सतिसाले भेट्रान्सका लागि विनोद कुमार चौधरीले २ गोल गरे भने शिव कुमार राईले १ गोल गरेका थिए । विनोदले दुबै गोल पहिलो हाफको १० औं मिनेटमा र २१ औं मिनेटमा गोल गर्दै २-० को अग्रता बनाए । एक पछिय दवावमा राखेको सतिसाललेले दोस्रो हाफको ३१ औं मिनेटमा शिवकुमारले गोल गर्दै अग्रता तेब्बर पारे ।
आज आईतवार भएको खेलको म्यान अफ दि म्याच’ सतिसाले भेट्रान्सका निर्मल तामाङ घोषित हुदै नगद १५ सय प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्षा नैना राईले पुरस्कृत गर्नु भयो । भोलि सोमबारको खेल उर्लावारी भेट्रान्स उर्लाबारी र विराट भेट्रान्स मोरङ बिच हुने छ ।
प्रतियोगिता पथरी शनिश्चरे भेट्रान्स एफ सि पथरी शनिश्चरेको आयोजनामा र पथरी शनिश्चरे वडा नं १ को मुख्य सहयोगमा संचालन भएको छ । पथरी शनिश्चरे जाँते मोड स्थित दिपेन्द्र स्मृती खेल मैदानमा भएको प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले पच्पन्न हजार प्राप्त गर्ने छ ।

खेलाडी बिच मित्रता कायम राख्ने उदेश्य र युवा खेलाडीहरुको स्वास्थलाई मध्यनजर प्रतियोगिता आयोजना गरेको पथरीका पुर्व खेलाडी दिपक पुलामीले बताउनु भयो । प्रतियोगितामा उर्लावारी भेट्रान्स क्लव मोरङ, दुधे भेट्रान्स क्लव झापा, साहारा भेट्रान्स क्लव मोरङ, विराट भेट्रान्स क्लव मोरङ, आयोजक पथरी शनिश्चरे भेट्रान्स क्लव मोरङ, मिल्स भेट्रान्स क्लव मोरङ, लखनपुर भेट्रान्स क्लव झपा र सतिसाले भेट्रान्स क्लव सहित ८ टिमको सहभागिता रहने छ ।
















