सातौ बेलबारी गोल्डकपको उपाधी झापा ११ ले चुमेको - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सातौ बेलबारी गोल्डकपको उपाधी झापा ११ ले चुमेको

गोपाल काफ्ले / पथरी, १० कात्तिक
सातौ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण आरजु राइस गोल्डकपको उपाधी झापा ११ ले चुमेको छ । मोरङको बेलबारीमा जारी सातौं आरजु राइस बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ ।


शनिवार बेलबारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–४ गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निर्धारीत समय १/१ गोलको बराबरी भए पछि खेलको निर्णय टाईब्रेकरबाट लिएको हो ।
टाईब्रेकरमा झापा ११ का दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सलहेशका लागि राम थापा ,आदित्य शाक्य र सन्तोष खत्रिले गोल गर्दा सलहेशका समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दिप लिम्बूले बचाएका थिए ।

फाईनल खेलमा मध्यान्तर अघिको ४५ मिनेट गोल रहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा सलहेश फुटवल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १ गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । खेलको अन्तिम निर्णय सिंधै टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा उपाधि जित्दै झापा ११ ले ८ लाख नगद सहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफि जितेको छ । यस्तै उप विजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफि प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ द म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोल रक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगद सहित ट्रफि र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफि प्राप्त गरेका छन् । यस्तै सलहेश फुटवल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ठ फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफि प्राप्त गरे ।

विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुबेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, उप प्रमुख नितु थापा कोइराला, प्रमुख प्रसासकिय अधिकृत किरण ढकाल  र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले ट्रफि,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए  ।

सम्बन्धित खवर