विपन्नलाई अमेरीकाबाट दिपेन्द्रको दशैं उपहार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

विपन्नलाई अमेरीकाबाट दिपेन्द्रको दशैं उपहार

पथरी शनिश्चरे नगरका १३ विपन्न परिवारलाई अमेरीकामा रहेका पथरी शनिश्चरे १० का दिपेन्द्र दाहालले दशै राहत उपलब्ध गराएका हुन ।

विनायक पाठक, पथरी/ २४ असोज
मोरङ पथरी शनिश्चरे १० जिरिखिम्तिका दिपेन्द्र दाहालले दशैं मनाउन नसक्ने १३ परिवारको घरमा दशैं राहत वितरण गरेका छन । कर्मको सिलसिलामा अमरिकामा रहेका दाहालले दशैंमा आर्थिक अभावकै कारण दुई गाँस मिठो खानबाट कोहि बन्चित हुनु नपरोस भन्ने उदेश्यले दशैं राहत उपहार पठाएका हुन ।

फूलपातीका दिन एक परिवारलाई २० केजि चामल, १५ सयको मासु, १ केजि दाल, न्युटेला, ३ केजि भुजा, २ केजि नुन, १ लिटर तेल र मरमसला सहित घरघरमा राहत पुर्याएका छन । दाहालले प्रत्येक बर्ष दशैं राहत वितरण गर्दै आएका छन । उनि हाल रोजगारको सिलसिलामा अमेरिकामा रहेका छन । दाहालले पठाएको उक्त राहत पत्रकारद्धय गोपाल काफ्ले र अर्जुन काफ्लेले विपन्न परिवारलाई वितरण गरेका छन । राहात वितरणमा युवा नेता तिर्थ आचार्य,  युवा ब्यावसायी सुरज सिल्वाल र जुझारु युवा किषान राईले सहजिकरण गरेका थिए । राहात पाउदा पथरी शनिश्चरेको विभिन्न वडामा १३ विपन्न परिवारको मुहारमा खुसी छाएको थियो ।

दाहालले अमेरीकामा आफ्नो कमाईको ५ प्रतिशत रकम नेपालमा सामाजिक काममा खर्च गर्दै आएका छन । उनले नेपालका विभिन्न क्षेत्रमा आर्थिक अभावमा समस्यामा परेका विपन्न वर्गका मानिसहरुलाई पहिलो चरणको सकेको सहयोग गर्दै आएका छन । अघिल्लो बर्ष उनले करिव २५ परिवारलाई दशैंमा राहत वितरण गरेका थिए भने भुकम्पमा परेका जाजरकोटका पिडितहरुलाई  भुकम्प स्थलमै पुगी सहयोग गरेका थिए ।

सम्बन्धित खवर