साइनो समाचारदाता/ बेलबारी
बेलबारीमा यहि असोज २५ गतेदेखि बेलबारी प्लसको आयोजनामा १५ दिने महोत्सव आयोजना हुने भएको छ ।
बेलबारी ३ स्थित फुलबारी पेट्रोल पम्प दक्षिणमा महोत्सब आयोजना हुन लागेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरि जनाएको छ । महोत्सवमा ६० लाख खर्च हुने कार्यक्रम संयोजक हरि गुरुङले बताए ।
महोत्सबमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्थाका सचिब चित्र खडकाले बताए । महोत्सबको तयारी तिब्र भइरहेको समेत उनले बताए ।


















