जनताको साथ, सपोट र विश्वासलाई काधमा राखि काम गर्ने  : डीआईजी चन्द्रकुवेर खापुङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जनताको साथ, सपोट र विश्वासलाई काधमा राखि काम गर्ने  : डीआईजी चन्द्रकुवेर खापुङ

पथरीमा प्रहरी भवन उद्घाटन

साइनो समाचारदाता/ पथरी, २० असोज
पथरी । जनताको साथ, सपोट र विश्वासलाई काधमा राखि स्थानियको अपेक्षा अनुरुप नेपाल प्रहरीले काम गर्दै आएको र गर्ने कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले बताउनु भएको छ । प्रमुख खापुङले इलाका प्रहरी कार्यालय पथरी मोरङको सम्पन्न नवनिर्मित कार्यलय प्रमुख निवास भवनको उद्धघाटन गर्दै उत्त कुरा बताउनु भएको हो ।


प्रहरी नायव महानिरीक्षक खापुङले कार्यक्रममा बोल्दै जनताले बनाईदिएको उत्त भवनमा जति आरामले बस्न सकिन्छ त्यत्तीनै  जनता प्रति उत्तरदायी भएर काम गर्ने बताउनु भयो । खापुङले पथरी ईलाका रहेको जमिन हाल सम्म पनि नेपाल सरकारको मतहतमा नरहेकोले कुनै बजेट नआएकाले उत्त बाधा फुकाई निकास निकाल्नु पर्ने बताउनु भयो । पथरी शनिश्चरे क्षेत्रमा ठुलो समस्या रहेको लागू औषध दुर्ब्यसनी नियन्त्रण गर्न अब प्रत्येक घरका आमाहरु लाग्नु पर्ने बताउनु भयो । प्रहरी एक्लो प्रयासले मात्र समाज सुधार गर्न संभव नहुने यसमा समुदाय र प्रत्येक नागरिको पनि उतिकै जिम्मेवार हुनु पर्ने खापुङले बताउनु भयो ।
डीआईजी खापुङले लागू औषध नियन्त्रणमा प्रहरी एक्लैले नसक्ने भन्दै स्थानीय सरकार र संघ संस्थाहरुको सहभागिता आवश्यक रहेको बताए ।

जनताले दिएको भवनमा बसेर जनताकै अपेक्षा अनुसार शान्ति सुरक्षामा कायम गर्ने जिल्ला प्रहरी कार्यलय मोरङमा प्रहरी उपरिक्षक नवराज कार्कीले बताउनु भयो ।   प्रहरी उपरिक्षक कार्कीले प्रहरी संगठन प्रति पथरी शनिश्चरे नगर, कानेपोखरी गाउँपालिका र स्थानिय ब्यापारी, समाजसेवी, राजनितीदलले  देखाएको सहयोगको प्रस‌ंसा गर्नु भयो । उहाँले भन्नु भयो सरकारी कार्यलयको स्तरउन्नतीमा यहाँहरुले खेलेको भुमिका  प्रति यस प्रहरी कार्यलयका सधै आभारी रहने बताउनु भयो ।


उद्घाटन कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले ईलाका प्रहरी कार्यलयको पथरीको पछिल्लो कामको प्रसंसा गर्दै जनता प्रति उत्तरदायी बन्ने प्रहरी संगठनलाई पथरीशनिश्चरे नगरले संधै सहयोग रहने बताउनु भयो । पछिल्लो समय अलि सेलाएको प्रहरी कृयाकलापलाई अझै प्रभावसाली बनाउन नगर प्रमुखले आग्रह गर्नु भयो । भवन निर्माणका लागि प्रहरी नयव उपरिक्षक बस्न लायकको कार्यलय बनाउन नगरले पहल गरिरहेको र संगठनले पनि चाडो पहल गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजकुमारी इङ्नाम लिम्बूले पालिका भित्र रहेका दुईवटा अस्थायी प्रहरी चौकीले अपराधीक कृयाकलापहरु नियन्त्रण हुन कठिन भएको बताउदै स्थायी सहितको थप कार्यलयका लागि अनुरोध गर्नु भयो ।


स्थानिय सहयोगीदाताको सहयोगमा निर्माण भएको चार कोठे पक्की भवनका लागि पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले १८ लाखमा सहयोग गरेको भवन निर्माण समितिका सचिव ईश्वरी साप्कोटाले बताउनु भयो । एकतले पक्की भवनमा इलाका प्रहरी कार्यालय प्रमुखको क्वाटरको सहित एक पाहुना घर र बैठक कक्ष रहेको छ । कार्यक्रममा पथरीशनिश्चरे नगर क्षेत्रमा प्रतिनिधिहरु, प्रहरी अधिकारीहरु, उद्योग वाणिज्य संघ लगायत अन्य स्थानीय संस्थाहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर