प्रथम पथरी शनिश्चरे गोल्डकपको उपाधी ब्रिगेड ब्वाईजलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रथम पथरी शनिश्चरे गोल्डकपको उपाधी ब्रिगेड ब्वाईजलाई

गोपाल काफ्ले/पथरी, १२ असोज
संकटा फुटवल क्लव काठमाडौंलाई टाईबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै अन्तराष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उपाधी ब्रिगेड ब्वाईज काठमाडौंले चुमेको छ । जित संगै ब्रिगेड ब्वाईजले नगद ३ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता संकटा फुटबल क्लबले २ लाख रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ। विजेता, उपविजेता र अन्य विधागत पुरस्कृत खेलाडीलाई प्रतियोगिताका प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले वितरण गर्नु भयो।

बर्षाका कारण अन्योल रहेको खेल नजिकिदै गरेको पर्व, खेलाडीको ब्यस्तताका कारण निर्धारीत समय तालिकामै सम्पन्न भएको छ । खेल समयमा अत्याधीक बर्षा भएका कारण खेल समय समेत छोट्याएको थियो । बर्षाका बावजुत सम्पन्न खेलको निर्धारीत समय गोल रहित बराबरीमा सकिएको थियो । निर्धारीत समय गोल रहित बराबरीमा सकिए पछि फाईनल खेलको निर्णय टाईबेकरबाट टुङ्गो लगाईएको थियो ।


टाईबेकर ब्रिगेड ब्वाईज काठमाडौंका एन्जल महर्जन, अशिम गुरुङ, दिवाकर चोधरी, एक्सन लिम्बु, पदम भट्टराईले गोल गर्दा संकटाका पुस्कर खड्का, युवराज ढकाल र विदेशी खेलाडी एकिङ्सले गोल गरे भने अनिश परियारको प्रहार ब्रिगेड ब्वाईजका गोल रक्षक रुविन बोगटीले उत्कृष्ट बचाउ गर्दै आफ्नो टिमलाई विजयी बनाए ।

फाईनल खेलको म्यान अफ द म्याच ब्रिगेडका पदम भट्टराई घोषित हुदै नगद ५ हजार प्रप्त गरे । प्रतियोगिताको ब्रिगेडका रुविन बोगटी उत्कृषट गोलरक्षक, दिवाकर चोधरी उत्कर्ष्ट डिफेन्स, सुवित कार्की उत्कृष्ट कोच घोषित हुदा संकटाका बिबेक आले मगर उत्कृष्ट मिड फिल्डर, पथरी ११ का निउचन धिमाल उदयमान खेलाडी / झापा ११ का प्रदिप बुढाथोकी हाई स्कोर हुदै जनहि १०/१० हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी ब्रिगेडका एन्जल महर्जन घोषित हुदै नगद २५ हजार प्राप्त गरे ।


असोज ५ देखि १२ गते सम्म संचालन भएको प्रतियोगितामा ए डिभिजन क्लब, भारतको युकेएफसी सहित ८ टोलीको सहभागिता रहेको थियो । पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ । प्रतियोगिता पथरी ११ ले आयोजना गरेको हो ।

सम्बन्धित खवर