साइनो समाचारदाता/ पथरी, ७ असोज
मोरङको पथरी शनिश्चरे ७ का वृद्घ चन्द्रबहादुर तामाङको हत्या अभियोगमा ज्वाई रविन राई पक्राउ परेका छन । ६० बर्षका तामाङको ५ गते शनिवार बिहान धारिलो बम्फक प्राहार गरि हत्या भएको थियो ।

लामो समय हुलाक सेवामा काम गरि सेवा निर्वृत भएका तामाङ घरमा एक्लै संग बस्दै आएका थिए । नजिकै रहेको अर्को घरमा बस्दै आएका बर्ष २६ का ज्वाई रविन राईले ससुरा चन्द्रबहादुरको हत्या गरेको स्वईकार गरेका छन । ज्वाई ससुराको हत्या गरि फरार रहेका थिए । ईलाका प्रहरी कार्यलय पथरीको खोजिमा रहेका राईलाई सागुरिगडि गाउँ पालिका ८ मुलघाटबाट पक्राउ परेको थियो ।
राईले मादक पदार्थ सेवन गरि ससुराको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ । हत्या भएको २४ घण्टा बित्न नपाउदै इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालको टिमले अपराधी पक्रन सफल भएको हो । पछिल्लो समय पथरी शनिश्चरेका जनताको विश्वाश जित्न र शान्ति शुरक्षा कायम गर्न दाहाल नेत्रित्वको टोली लागि परेका छ । पक्राउ परेका राई माथि आवश्यक अनुशन्धान भै रहेको मोरङ प्रहरी उपरिक्षक नवराज कार्कीले बताउनु भयो ।

तामाङकी श्रीमती, छोरी (रविनकी श्रिमति) र छोरा वैदेशीक रोजगरीको सिलसिलामा विदेशमा रहेका छन । तामाङले १ बर्ष अगाडि नयाँ घर बनाई सोहि घरमा एक्लै बस्दै आएको स्थानिय बताउछन । तामाङको पुरानो घरमा ज्वाई बस्ने गरेको स्थानियले बताएका छन । छोरि विदेश रहेको कारण ज्वाई र ससुरा संगै खाने र एक एक ओटा घर रुङ्ने गरि बस्तै आएका थिए ।
ज्वाइँ रविन राई पथरी शनिश्चरे ९ मा रहेको प्लाई फ्याक्ट्रिमा सेक्युरेटि गर्दै आएको छन । तामाङको ५ गते शनिवार बिहान ७ बजे स्थानिय हत्या भएको थियो । छिमेकी दिनेश लिम्बुले ज्वाई रविनलाई माछा मार्न जान बोलाउन आउदा ससुरा तामाङको हत्या भएको थाहा पाएका थिए । लिम्बुले थाहा पाउने बितिकै स्थानिय र प्रहरीलाई खवर गरेका थिए ।
गत फागुन २१ गते सोहि स्थानमा रातको १० बजे खोटाङ घर भएकी १५ बर्षीय ज्ञानकुमारी राई (संजना) को हत्या भएको थियो । उक्त घटना घटेको ८ घण्टा भित्रै हत्यारा मोरङ ग्रामथान गाउँपालिका धिरेन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । घटना घटे लगतै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की सहितको टोलीले चौधरीलाई सोही रातको २ बजे आसपासमा बेलबारी स्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको थियो ।
















