गुणस्तरीय शिक्षाका लागि पञ्चायत मावि : २४ गते प्रवेशिका परीक्षा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, असार २९, २०८१

गुणस्तरीय शिक्षाका लागि पञ्चायत मावि : २४ गते प्रवेशिका परीक्षा

सामुदायीक विद्यालय तर्फ देशमै उत्कृष्ट नितजा निकाल्न सफल पथरी शनिश्चरे नगरपालिका वडा नं.  १ स्थित श्री पञ्चायत मा विमा सिमित सिट संख्याका लागि भर्ना खुलाएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पञ्चायत माविमा पढ्न ईच्छुक विद्यार्थीले भोली २४ गते हुने प्रवेशिका परीक्षामा सहभािग हुनु पर्ने छ । प्रवेशिका परीक्षा उतिण गर्ने विद्यार्थीले मात्र  उत्त विद्यालयमा पढ्न पाउने छन ।

उपत्याका बाहिर विभिन्न ८ विषय र संकाय अन्तर्गत कक्षा ११ का लागि भर्ना खुलेको हो । विज्ञान संकायमा विद्यार्थीको पहिलो रोजाई बन्न सफल पञ्चायत मा विले गएको एसईई परिक्षामा मोरङ जिल्लामै पहिलो स्थान हासिल गरेको थियो । विद्यालयकी छात्रा निकिता राईले  ३.९६ GPA ल्याएर जिल्लामै पहिलो स्थान कायम गरेको हुन । पथरी शनिश्चरे नगरपालिकामा अवस्थित पञ्चायत मा वि मा कोसी र मधेस प्रदेशका विभिन्न पालिका र पहाडी जिल्लाका विद्यार्थीहरू पढ्नका लागि आउने गर्दछन् ।

श्री पञ्चायत माविको शिक्षण सिकाई र उत्कर्ष्ट नतिजाका कारण विद्यार्थीको आकर्षणता बढेको स्थानीयहरू बताउने गर्नुहुन्छ ।सामुदायिक विद्यालयमा विद्यालयले उद्घोष गरे अनुरुपको गुणस्तरीय शिक्षा दिदै सफल नतिजा निकालेकै कारण विद्यार्थीको चाप बढेको विद्यर्थीको भनाई छ ।

शिक्षामा अब्बल श्री पञ्चायत मावि कक्षा ११ मा विज्ञान, कानून, ललितकला, मानविकी, व्यवस्थापन, शिक्षा, पत्रकारिता, सिभिल संकायमा भर्ना खुलेको हो । उच्च मावि तहको पढाइ सुरु श्री पञ्चायत माविलाई नेपाल सरकार शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रमअन्तर्गत छनोट गरिएको थियो । २०३६ सालमा स्थापना भएको श्री पञ्चायत माविमा पूर्णतः मण्टेश्वरी आधारित शिशु कक्षादेखि १२ कक्षासम्म र प्राविधिकधारतर्फ सिभिलको पढाई हुँदै आएको छ ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा अध्यापन गराइने गरिन्छ । अनुशासन र आचरणसहित प्रयोगात्मक शिक्षामा ध्यान दिँदै आएको यस विद्यालयमा ३ हजार ४ सय हाराहारी विद्यार्थी अध्ययनरत रहेका थिए, कक्षा ११ को दाखिलापछि यो संख्या ह्वात्तै बढ्ने स्थानीय सर्वेक्षण भएको बुझिन्छ । सामुदायिक विद्यालयमाझ पृथक श्री पञ्चायत माविमा अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । मण्टेश्वरी आधारित शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै भवन र यसको सञ्चालन व्यवस्थापनका लागि प्रशासनिक संरचना छ ।

कक्षा ११ को प्रवेश परीक्षा असार २४ गते सोमबार विहान ८ बजेदेखि हुने कार्यतालिका रहेको श्री पञ्चायत माविमा यसपटक कक्षा ११ र १२ लाई बिहानीसत्रमा र सोभन्दा कनिष्टलाई दिउँसोसत्रमा सञ्चालनमा ल्याइने सोच रहेको १ नं. वडाध्यक्षसमेत रहनुभएका विव्यस भीमकुमार राईले बताउनुभयो ।

सम्बन्धित खवर