पञ्चायत मावि सामुदायिक विद्यालय तर्फ मोरङकै उत्कृष्ट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असार ३०, २०८१

पञ्चायत मावि सामुदायिक विद्यालय तर्फ मोरङकै उत्कृष्ट

साइनो समाचारदाता,पथरी/ १३ असार,   २०८० सालको एसईई परिक्षामा मोरङ पथरी शनिश्चरे १ मा अवस्थित पञ्चायत माध्यमिक विद्यालयले मोरङ जिल्लाको पहिलो स्थान हासिल गरेको छ ।  आज प्रकाशन भएको  नतिजाको आधारमा  पञ्चायत माध्यमिक विद्यालयकी छात्रा निकिता राईले ३.९६ जिपिए अंक हासिल गरेकी छन । राईले ल्याइको अंक सामुदायिक विद्यालय तर्फ मोरङमा सबैभन्दा बढि रहेको विद्यालयले दावि गरेको छ ।

 

प्रकाशित नतिजा अनुसार मोरङ जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरे रहेको छ ।  निकिता राईले सोही विद्यालयबाट सहभागी करुणा राईले ३.६५, शौरभ धिमालले ३.६५ र नम्रता खतिवडाले ३.६२ ल्याएकी छिन् । उत्कृष्ट हुने यी विद्यार्थीहरूलाई पञ्चायत माविका कुनैपनि संकायमा कक्षा ११ र १२ निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिएको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

कोसी प्रदेशमै अब्बल मानिएको पञ्चायत माविले एक दशक देखि विज्ञान संकायमा देशै भरिका सामुदायिक विद्यालय पछि पार्दै आएको छ । उपत्याका बाहिर ८ संकायमा पठन पाठन हुदै आएको पञ्चायत माविमा चार हजार बढि विद्यार्थी अध्यायनरत  छन । राज्यले शौक्षिक संस्था सुधार अभियान संचालन गरे संगै नमुना विद्यालय कार्यक्रमले विद्यार्थीको चाप बढ्दो रहेको छ ।

सम्बन्धित खवर