कानेपोखरीमा सात दिने लागू लौषध सचेतना कार्यक्रम सम्पन्न्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

कानेपोखरीमा सात दिने लागू लौषध सचेतना कार्यक्रम सम्पन्न्न

दिपेश रोक्का /कानेपोखरी, जेठ १७, मोरङको कानेपोखरी ६ मा रहेको आदर्श समाज कानेपोखरीको आयोजनामा ७ दिने लागू लौषध सचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ । कानेपोखरी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट अन्तर्गत तथा रमाइलो प्रहरी चौकीको सहकार्य कार्यक्रम सम्पन्न भएको हो ।

कानेपोखरी क्षेत्र भित्र रहेर सामाजिक काम गर्दै आएको आदर्श समाज एक सामाजिक संस्था रहेको छ । यस संस्थाले कानेपोखरीमा भएका सामाजिक विषय बस्तुमा केन्द्रित भएर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।  संस्थाले कानेपोखरी गाउँपालिक भरीका सम्पुर्ण १ देखि ७ वडा भरिका स्कुलहरुमा लागू औषध सचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो ।

समाजमा कुनै पनि ब्याक्ती नसामा फस्नु हुदैन तथा समाजलाई लागू औषध मुक्त बनाउन यश कार्यक्रमको आयोजना गरिएको आर्दश समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाले बताए । आदर्श समाज कानेपोखरीले पहिलो दिन जनसेवा माबीको सभा हलमा कार्यक्रम सुरु गरेको थियो । कानेपोखरी ४ स्थित श्री पिनाकल ज्ञान मन्दिर , कानेपोखरी १ स्थित श्री माबी होक्लाबारी ,कानेपोखरी ७ स्थित जनकल्याण माबी , कानेपोखरी २ स्थित राधाकृष्ण मन्दीर , कानेपोखरी ३ स्थित श्री शिक्षा सदन हरकपुर , कानेपोखरी ५ स्थित श्री सिंहदेबि माध्यमिक विधालयको प्राङ्गणमा आदर्श समाज कानेपोखरीले कार्यक्रम समापन गरेको थियो ।

कार्यक्रम समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले लागू औषध यस्तो विषय हो समाजमा अहिले युवा हरु नशामा लागीरहेका छन , लागू औषध सेवनले गर्दा समाजमा नकारात्मक असर पर्दै गएको छ तथा लागू औषध पुर्ण रुपमा कानेपोखरीमा न्यूनीकरण गर्न कानेपोखरी गाउँपालिकाले अझ थप बजेट पेश गरि यशलाई कानेपोखरी गाउँपालिका न्यूनीकरण गर्न लाग्ने बताईन ।

कार्यक्रम सम्पन्न समारोहमा कानेपोखरी कागाउँपालिकाबाट सबै वडा अध्यक्ष उपस्थित रहेको थियो भने कानेपोखरी अस्पताल स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल , कानेपोखरी राप्रपा अध्यक्ष तिर्थ गुरुङ ,  कार्यक्रमको प्रमुख प्रशिक्षक किशोर कुमार मगर , सिंह देबि माबीका प्रधानाध्यापक धर्म थापा,  शिक्षक,  प्रहरी,लगायतको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन उपसमिति संयोजक उपेन्द्र पौडेल गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक फुयलले राखेका थिए ।

सम्बन्धित खवर