चिकित्सकमाथी कुटपिट भए पछि मदन भण्डारी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा, सेवाग्राही मारमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, असार ०५, २०८१

चिकित्सकमाथी कुटपिट भए पछि मदन भण्डारी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा, सेवाग्राही मारमा

साइनो समाचारदाता/पथरी ११ जेठ 

उर्लाबारी ३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थ्यकर्र्मीको आन्दोलनका कारण सेवाग्राही मारमा परेका छन । अस्पतालका डाक्टर ब्रोमिस बुढाथोकी माथी भएको कुटपिटको घटनाको विरोध गर्दै अस्पतालका स्वास्थ्यकर्र्मी र कर्मचारीहरु आन्दोलनरत रहेका छन् ।

उनीहरुले बुधबारदेखी अस्पतालमा अत्यावश्यक ईमर्जेन्सी वाहेकका अन्य सेवाहरु ठप्प पारेर शान्तिपुर्ण आन्दोलन गरिएको छन । अस्पतालका स्वास्थ्यकर्र्मी र कर्मचारीहरु गत मंगलबार देखी नै स्वास्थ्यकर्र्मीको सुरक्षाको माग र दोषीलाई घटनामा संलग्न युवाहरुलाई कानुनी कारबाहीको माग गर्दै आन्दोलन सुरु गरेका थिए ।

उनीहरुले गत मंगलबार विहान १० बजे १ घण्टाको लागि ओपिडि सेवा बन्द गरि दैनिक हातमा कालो पट्टी बाँधेर घटनाको सांकेतिक विरोध जनाउदै आएका छन । यसैबीच अस्पतालले एक विज्ञप्ती जारी गर्दै अस्पतालमा हुने यस्ता प्रकृतिको घटनाको विरोध गर्दै दोषीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग राखिएको छ ।

जेठ ३ गते उर्लाबारी–३ मंगलबारेका पिपलराज गिरी, सुमन श्रेष्ठ र सानु रोक्काले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका डाक्टर ब्रोमिस बुढाथोकी माथी अभद्र व्यवहार गरेका थिए । डाक्टर बुढाथोकीले ६ गते अभद्र मुद्धामा दायर गरे पछि फरार रहेका दुई जना अभियुक्तहरु पिपलराज गिरी र सुमन श्रेष्ठलाई भने प्रहरीले बिहिबार भद्रपुरबाट पक्राउ गरेको छ । अर्का अभियुक्त उर्लाबारी ३ का सानु रोक्का भने फरार रहेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

उनीहरुले गत आईतबार ट्रमा सेन्टरका चिकित्सक ब्रोमिस बुढाथोकीले आफुमाथी कार्यालय समयमै कुटपिट गरेको भन्दै किटानी जाहेरी दिएका थिए । यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले सो घटना अनुसन्धानको क्रममा रहेको बताउदै विस्तृत विररण भने खुलिनसकेको जानकारी दिए ।

अस्पतालका स्वास्थ्यकर्र्मी र कर्मचारीहरुले ट्रमा सेन्टरमा सेवा प्रवाह गर्न विगत देखि विभिन्न किसिमका समस्याहरु भई आएकोले सुरक्षाको माग गरेका हुन । अस्पतालमा बिगतदेखि नै चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, प्रयोगशालाकर्मी, फर्मासिष्टहरु लगायत सम्पूर्ण कर्मचारीहरुलाई मानसिक र भौतिक आक्रमण भइरहेको बताउदै अस्पताल परिसरमा सुरक्षा विटको व्यवस्था गर्न समेत माग गरेका छन । स्वास्थ्यकर्र्मी र कर्मचारीहरुले डाक्टर माथि भएको भौतिक आक्रमण र दुव्र्यवहारको विरोध गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी कार्वाहीको दायरामा नल्याए सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

यता अस्पतालमा ओपिडि लगायतका सेवाहरु ठप्प भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । अस्पतालमा दैनिकजसो ५ सयको संख्यामा बिरामीहरु चेकजाँचमा आउने गरेका छन् । अस्पतालमा पथरी शनिश्चरे, कानेपोखरी, मिक्लाजुङ, लेटाङ, उर्लाबारी, सुनवर्शी, रतुवामाई नगरका सेवाग्राहीले सेवा लिदै आएका छन ।

 

अस्पताल प्रसासन, स्थानीय, राजिनितीकदल, नगरपालीका र प्रहरी प्रसासनको कम्जोरीका कारण अस्पतालमा दिनानुदिन समस्या जटिल बन्दै गरेको छ । यता प्रहरीले फरार रहेका दुई अभियुक्तहरुलाई पक्राउ गरेपछि अस्पतालमा शुक्रबारदेखी तत्काललाई आन्दोलनका कार्यक्रमहरु स्थगित हुन सक्ने संकेत देखिएको छ ।

सम्बन्धित खवर