कोशी प्रदेशमा बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

कोशी प्रदेशमा बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

साइनो समाचारदात/ इटहरी, ७ जेष्ठ ,   कोशी प्रदेशमा पहिलो पटक बृहत् चलचित्र महोत्सव जेठ ६ गते अर्थात आजबाट सुरु भएको छ । तर, यो महोत्सव बेनामी भएको छ । अर्थात चलचित्र महोत्सवको कुनै पनि नाम राखिएको छैन । महोत्सवको तयारी पुर्ण भएसंगै लोगो पनि सार्वजनिक गरियो ।

मुख्यतः लोगोमा ‘चलचित्र महोत्सव-२०८१’ मात्रै उल्लेख गरिएको छ भने पोस्टरमा ठूलो अक्षरमा पनि सोही उल्लेख गरिएको छ, यद्यपि एक पोस्टरमा भने ‘कोशी प्रदेश चलचित्र महोत्सव’ भनेर सानो अक्षरमा लेखिएको छ । तर, लोगोमा भने कहि कतै उल्लेख छैन्, महत्त्वपूर्ण अर्थ राख्ने भनेको सार्वजनिक लोगोले नै हो । चलचित्र महोत्सवहरु धेरै भैरहेका हुन्छन्, तर ती चलचित्र महोत्सवले आफ्नो नाम तोकेको हुन्छ । ताकी जस्ले उक्त महोत्सवको अर्थ राखोस् र अस्तित्व जोगाओस् ।

व्यस्थापकिय पक्षले भने प्रदेश सरकारले योजनामा चलचित्र महोत्सव मात्रै भएकोले नराखेको जानकारी गराए । तर, कुरा जता मोडेपनी त्रुटि भएको यथार्थ भने छर्लङ्ग छ । हामिले देख्दै र सुन्दै आईरहेका छौ “कान्स फिल्म फेस्टिभल”, “नेपाल युरोपियन चलचित्र महोत्सव”, “नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव”, “नेपाल ग्रामीण चलचित्र महोत्सव”, “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव”, “राष्ट्रिय बाल चलचित्र महोत्सव”, “अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव”, “मुम्बई चलचित्र महोत्सव”, “सौराहा दक्षिण एसियालि चलचित्र महोत्सव” आदि । हरेक चलचित्र महोत्सवको अगाडि केही न केही नाम जोडिएको छ तर कोशी प्रदेशको चलचित्र महोत्सवमा भने यस्तो हुन नसकेको पाईयो ।

अब यसलाई नयाँ सुरुवात पो भन्न पर्ने हो कि ? केही जानकारहरुले समेत यो नहुनु पर्ने काम भएको बताए । महोत्सव आयोजक कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केहिदिन अघि आयोजना गरेको पत्रकार सम्मेलनमा भने ‘कोशी प्रदेश चलचित्र महोत्सव-२०८१’ भनेर उल्लेख गरिएको थियो । तर, पत्रकार सम्मेलनमा पत्रकारले नाम राख्नमा खोज अनुसन्धान नगरी नाम तोकिदा भारतको फिल्म फेस्टिभलसंग नाम जुध्न गएको जानकारी गराईएको थियो ।

कोशी नाम हट्नुमा एक कारण यो हुन सक्छ भने यता प्रदेशको नाम कोशी नामंकरण गरिएसंगै यहाँ पहिचानवादीहरुले ‘कोशी प्रदेश’ नामको विरोध गरिरहेका छन् । तसर्थ यो महोत्सवमा पनि कोशी जोडिदा विरोध आउला भनेर सजग भएको हुनसक्छ । तर, यी दुबै कारणले महोत्सवको नामबाट ‘कोशी’ हटाईएपनी नामका लागी अन्य विकल्पहरु पक्कै थिए । तर, त्यसतर्फ नलागेर चलचित्र महोत्सवलाई नै बेनामी बनाईनुमा भने लापरबाही भएको वा नाम राख्नमा चुकेको देखिन्छ ।

महोत्सवको आज उद्घाटन समारोह हो । झापाको साई पार्टी प्यालेस विर्तामोडमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरि दिउँसो २ बजे उद्घाटन गरिदैछ । महोत्सवको व्यवस्थापकको रुपमा केवल तामाङ नेतृत्वको ‘चलचित्रकर्मी संघ’ र अरुण कुमार प्रधान नेतृत्वको ‘नेपाल चलचित्रकर्मी महासंघ’ रहेको छ । कोशी प्रदेशमा बनेका र यहाँका चलचित्रकर्मीले निर्माण गरेका लामो तथा छोटो गरि ४४ चलचित्र प्रदेशको बिर्तामोड, बिराटनगर, बिराटचोक, इटहरी र झुम्का गरि ५ ठाउमा नि:शुल्क फिल्म महोत्सव अन्तर्गत यहि जेठको १० गतेसम्म प्रदर्शन गरिँदैछ भने ११ गते सम्मान, अवार्ड तथा समापन कार्यक्रमको तय गरिएको छ ।

सम्बन्धित खवर