१० हजार जनसख्या लाभावन्धित हुने लावाखोला खानेपानी संघर्ष समितीलाई फागो टिमको आर्थिक सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, असार ०५, २०८१

१० हजार जनसख्या लाभावन्धित हुने लावाखोला खानेपानी संघर्ष समितीलाई फागो टिमको आर्थिक सहयोग

उर्लाबारी, ६ जेठ/  नेपाली कांग्रेस कोशी प्रदेश सहमाहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिती’ लाई आर्थिक सहयोग प्रदान भएको छ । मोरङ जिल्लाको १७ वटा स्थानियतह मध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउँपालिकाको वडा नम्वर २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने फागोले पहल गर्दै आएका थिए ।

फागो सहितको टिमले अभियानलाई सार्थकता दिन ५५ हजार २ सय ५० रुपैया आर्थिक सहयोग गरेको छ। करिव १५८.९८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो पालिकाको अधिकाशं भु-भाग सुख्खा पाहाडी क्षेत्रले ओगटेको छ । सुख्खा पहाडी क्षेत्रले ओगटेकै कारण यस पालिकामा मोरङ जिल्लाका अन्य स्थानियतहहरुको तुलनामा यहा स्वच्छ खानेपानी र कृषि योग्य जामिनमा सिचाई गर्न पर्याप्त पानी छैन ।

पर्याप्त पानीकै अभावका कारण कतिपय स्थानियहरु यस पालिकाबाट बसाई सर्ने क्रम पनि निरन्तर बढ्दै गएको छ । तर पछिल्लो समय स्थानिय सरकार र स्थानिय युवाहरुले लावाखोला संघर्ष समिती गठन गरेर लावाखोलाको पानी बस्तीका घरघर सम्म पुर्‍याउने अभियानमा जोडिएको संघर्ष समितीका संयोजक पारस मिभक बताउनु हुन्छ ।

२०७८ सालको जनगणना अनुसार करिव ३३,१६७ जनसख्या रहेको यस पालिकाको वडा नम्वर २, ३ र ४ अर्धपहाडी वडामा पर्दछन् यि वडामा रहेका करिव १० हजार जनसख्यालाई पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यका साथ अभियानलाई तिव्रता दिइएको छ ।

युवाहरुले स्थानिय सरकार र सहयोगी मनहरु, सामाजिक व्याक्तित्व, समुदाय र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको आर्थिक सहयोगमा अभियानलाई अगाडी बढाईरहेका छन । जनतालाई पानी खुवाउने जस्तो पवित्र कार्यमा आफुले सक्ने सहयोग जुटाएर अभियानको यात्रामा सहयोग गरेको सहमहान्त्री फागोले बताउनुभयो ।

फागो मिक्लाजुङ सग सिमाना जोडिएको उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत हुन । फागो सहित नेपाली काग्रेसका युवानेताहरु टंक राई, सोम प्रसाद तिम्सीना, गोपाल कटवाल र कांग्रेसमा आब्द्ध युवाहरु जनश्रमदान भईरहेको स्थानमा पुगेर आर्थिक सहयोग हस्तानतरण गरेका थिए ।

भुगोलका हिसावले ठुलो तर भौगोलिक संरचना अनुसार कठिन मिक्लाजुङ गाउँपालिका हो । यस पालिकाका बासीन्दालाई स्वच्छ खानेपानी खुवाउने  युवाहरुको अभियानमा गाउँपालिकाले समेग सहयोग गरेको छ । पालिकाले बार्षिक रुपमा छुट्यादै आएको बजेट मार्फत १० लाख रुपैया बजेट वितरण गरेको गाउपालिकाका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।

राईले भन्नुभयो-मिक्लाजुङबासीलाई खानेपानीको अभावबाट आफ्नै कार्यकालमा मुक्त गराउन प्रदेश र संघिय सरकार सग पटक-पटक पहल गरी खानेपानीको दिर्घकालिन समधानका लागि काम अगाडी बढीरहेको छ ।

गाउपालिकाको कार्यालय रहेको स्थान देखी करिव २५ किलोमिटर टाढा रहेको वडा नम्वर-१ को पहाडी भुभाग रमिते डाडाको खोचबाट निरन्तर बग्ने लावाखोलाको पानीलाई पाइपलाइन बाट एकिकृत गरी तराई झार्ने अभियानले सार्थकता पाए ५० औ बर्ष देखी खानेपानीको अभाव खप्दै आएका मिक्लाजुङवासीले स्वच्छ खानेपानी खानपाउनेमा आशा पुरा हुने देखीन्छ ।

सम्बन्धित खवर