फेरि मनमोहन गान्धी मार्ग सडक अवरुद्ध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

फेरि मनमोहन गान्धी मार्ग सडक अवरुद्ध

पथरी, २२ बैशाख ।
कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेको भन्दै पीडित स्थानीय उपभोक्ताहरुले मनमोहन गान्धी मार्ग सडक पुनः बन्द गरेका छन् । मोरङको पथरी शनिश्चरे हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै पथरीशनिश्चरे -९ को महेन्द्रचोकमा बन्द गरेका हुन । पटक पटक सडक बन्द हुने र निर्माण कम्पनी ठेकेदारले सहमति अनुसार काम गर्ने भन्दै झुकाउने गरेको स्थानीय विरेन गुरुङले बताउनु भयाे ।

शनिबार पथरी शनिश्चरे- ९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होम्प पाइप, ढुङ्गाहरु र बाँसको ढाट लगाएर सडक अवरोध गरेका हुन् । पुर्न काम नथाले सम्म सडक नखोल्ने सडक संघर्ष समितिको सहसंयोजक सुमन वनेमले बताउनु भयाे । संघर्ष समितिले २०८० मंसीर १३ गने महेन्द्र चोक स्थित सडकमै पत्रकार सम्मेलन गरेर बन्द गरेको थियो ।  ३ दिन पछी  निर्माण कम्पनी प्रतिनिधी दीपक थिङले ३ महिना भित्र काम सम्पन्न गर्ने सहमती गरेका थिए ।

पथरी शनिश्चरे नगरको भुटानी शरणार्थी शिविर मुख्य सडक दक्षिण रंगेलीसम्म २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइको निर्माण हुने सडकको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो । कान्छारामले १ करोड ९४ लाख ९४ हजारमा ठेक्का पारेको थियो । भै रहेको कालो पत्र उकाएर (पुरानो कालोपत्रे )  ग्राबेल गरि छोडेका कारण स्थानीयलाई बाटो आवत जावत गर्न समस्या भएको छ ।

निर्माण कम्पनी करिव दुई बर्ष देखि बाटो अलपत्र पारि छोडेको स्थानीयको भनाई छ । तर कान्छाराम कन्स्ट्रक्सनले काम नगरी सामान उठाएर लान खोज्दा २०८० फागुन २३ स्थानीयले कम्पनीको गाडी नियन्त्रणमा लिएका थिए ।  हिउँदमा धुलो र बर्षातमा हिलाम्मे हुँदै आएकोले सास्ती खेप्नुपरेको भन्दै सो सडकका उपभोक्ताहरुले बेलाबेला सडक बन्द गराएर आन्दोलनमा उत्रिदै आएका छन् । निर्माण कम्पनीको  ढिलासुस्तिका कारण मनमोहन गान्धी सडकमा पर्ने मोरङ पथरी शनिश्चरेको वडा नं ६, ८, ४, ९ र १० का स्थानीयले सास्थी  खेप्आदै आउनु परेको छ ।

आज स्थानीयले  वीरेन्द्र गुरुङको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेरै आन्दोलन गरेका थिए । सडक चाँडो निर्माण गर्न पटक पटक पहल गर्दा पनि सुनुवाइ नभएपछि सडक अवरुद्ध गर्न बाध्य भएको पीडित स्थानीयको भनाई छ ।

सम्बन्धित खवर