काठमाडौँ । टी २० सिरिजको पाँचौँ खेलमा नेपालले वेष्टइण्डिज ए लाई ६ विकेटले हराएको छ । यद्यपी सिरिज भने वेष्टइण्डिज ए ले जितिसकेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले नेपाललाई १७३ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका ओपनर कुशल भुर्तेल १३ रन बनाँदै आउट भए । अर्का ओपनर आसिफ शेखले ५१ रन बनाए भने अनिल शाहले ५८ रन जोडे । त्यस्तै दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए ।
उक्त शृङ्खला वेस्ट इन्डिज ३–२ ले जितेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको थियो । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो । त्यस्तै अन्तिम अर्थात पाँचौँ खेलमा नेपालले ६ विकेटले वेष्ट इन्डिजलाई हराएको छ ।