२२ जना विशिष्ट ब्यात्ती संगै संचाकर्मी काफ्ले सम्मानित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

२२ जना विशिष्ट ब्यात्ती संगै संचाकर्मी काफ्ले सम्मानित

साइनो समाचारदाता, पथरी, २१ बैशाख
समाज र राष्ट्रमा योगदान पुर्याएको भन्दै मोरङको पथरी शनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयले २२ जना विशिष्ट ब्यात्तीलाई सम्मान गरेको छ । वडाले विभिन्न क्षेत्रमा रहेर समाज र राष्ट्रमा योगदान पुर्याएका पथरी शनिश्चरे वडा नं. १ का २२ जनालाई सम्मान गरेको वडा अध्यक्ष भीमकुमार राईले बताए ।

वडाले धार्मीक, स्वास्थय, समाजसेवी, राजनीतिज्ञ, संगितकर्मी, खेलाडी संगै संचाकर्मीलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा धार्मीक सहिष्णुता कायम राख्ने शंकराचार्य हेमानन्द गिरी, स्वास्थय क्षेत्रमा काम गर्दै आउनु भएका पुर्व विर अस्पतालका निदेर्शक प्राडा. भुपेन्द्र बस्नेत, चित्रकलाकी कलाकार सरोजा खड्गी, संगै पथरी शनिश्चरे गाविस अध्यक्ष तथा समाजसेवी तिलक बान्तावा राईलाई मरनोप्रान्त सम्मान गरेको छ । उत्त विशिष्ट ब्यात्तीहरु स‌गै साइनो खवरका संचालक गाेपाल काफ्ले सम्मानीत भएका छन ।

समाज र राष्ट्रको नाम चम्काउन सफल गिरी, बस्नेत, खड्गी र राई संगै राजनीतिकर्मी पथरीशनिश्चरे निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, निवर्तमान उपप्रमुख यमुना विष्ट, निवर्तमान प्रदेश सभा सदस्य कृष्णकुमारी राई, निवर्तमान वडाध्यक्ष बाबुराम एङदेन सगै बसन्तकुमारी राई, मानप्रसाद लिम्बू सम्मानीत हुनु भएको छ ।
खेलाडी तर्फ पूर्ब राष्ट्रिय फुटबलर दीपक राई, महिला फुटबल खेलाडी दीपा न्यौपाने, भारोतलन खेलाडी प्रकाश राई सम्मानीत भएका हुन । त्यस्तै संगितकर्मी गायक महेश बुढाथोली जनगायक वीरध्वज शिवा लगायतलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा खोजमुलक लेखक दिपेन्द्रराज तिम्सिना, नेपाल जेसिस अध्यक्ष अशोक शंकर, समाजसेवी वीरबहादुर बस्नेत, टेकबहादुर विष्ट संगै संचारकर्मी गोपाल काफ्ले भूमिप्रसाद पाठक र अजुर्न जम्वेली सम्मानीत भएका छन । सम्मानीत ब्यात्तीहरुलाई पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले दोसल्ला र कदर पत्रले सम्मान गर्नु भएको थियो ।

सम्मान पछि बोल्दै सम्मानीत शंकराचार्य हेमानन्द गिरी धेरैले धेरै ठाउमा गरेको सम्मान भन्नदा उत्त सम्मानले नगर प्रति उत्तरदायी बनाएको बताउनु भयो । स्वास्थय क्षेत्रमा काम गर्दै आउनु भएका पुर्व विर अस्पतालका निदेर्शक प्राडा. भुपेन्द्र बस्नेतले वडाको सम्मानले विश्व जितेको अनुभुती भएको बताउनु भयो । उहाँले भन्नु भयो “बालापनमा समाजका अग्रजले देखाएको र डोर्याएको बाटोका कारण आफु आज यो स्थानमा पुगेको बताउदै उत्त गुन कहिल्यै तिर्न नसकिने बताउनु भयो ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख मोहन तुम्बपोले ढिलै भए पनि योग्दानको कदर हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रमा निश्वार्थ काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका नगर सभापती रुपनारायण भट्टराई नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता युवाराज बास्कोटाले शुभकामना दिनु भएको थियो ।

सम्बन्धित खवर