यौन दुब्र्यावहारको मुद्धा लागेका स्वास्थ संयोजकको विदा माथी विदाले न्याय दिन्छकी अन्याय ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

यौन दुब्र्यावहारको मुद्धा लागेका स्वास्थ संयोजकको विदा माथी विदाले न्याय दिन्छकी अन्याय ?

साइनो समाचारदाता/पथरी, २० बैशाख
महिला माथी यौन दुब्र्यावहारको आरोप खेपि रहेका मोरङ पथरी शनिश्चरेका स्वास्थय संयोजक मुरारी आचार्यले मुद्धा परे संगै विदा थपेका छन । मोरङ पथरी शनिश्चरे नगर स्वास्थ संयोजक मुरारी आचार्य माथी एक महिलाले चैत्र २३ गते आरोप लगाएकी थिन । पिडित महिलाले पत्रकार सम्मेलन गरे लगतै संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध गरेका आचार्य उत्त दिन देखि नै विदामा बसेका थिए ।

यता नगरलाई भने नगरकी पिडित चेली भन्दा स्वास्थय संयोजक आचार्य चिन्ता बढि भएको देखिन्छ । चैत्र २३ गते आरोप लगाएकी पिडित युवतीले बैशाख ४ मा मोरङ जिल्ला अदालतमा मुद्दा हालेकि थिन । तर पिडित महिलालाई न्यायमा पहल गर्नु भन्दा आचार्यलाई दुई पटक विदा दिएर बचाउन लागेको छ । नगरकी चेली पिडित हुदा समेत नगरले कुनै प्रतिकृया जनाएको छैन । पिडित युवतीको परिवारले समेत नगरले एक शब्दा सोधी खोजि नगरेको बताएको छ ।

यता उत्त विषयलाई पटक पटक फलोअप गरेको अनुसार नगर संगं बुझ्दा नगर प्रमुख मोहन तुम्बापोले आफुहरु आउनु भन्दा अघिको घटना भएकाले मुद्दा परेको र आचार्यले फिरात दिने भनेको बताउनु भयो । तुम्बापोले मुद्दा परेका कारण कानुनले जे भन्छ त्यहि हुने बताउनु भयो ।

मुद्दा पछि विदा थप गरि बसेको पथरी शनिश्चरे प्रमुख प्रसासकिय अधिकृत शशी राईले जानकारी दिनु भयो । राईले भन्नु भयो “३० दिनको विदा लिनु भा थियो मैले १५/१५ दिनको विदा दिएको छु । नगरमा आधिकारी उजुरी नआएको र अदालतले पनि कुनै पत्र नगरलाई नपठाएको कारण नगरले उत्त विषयमा केहि नबोल्ने बताउनु भयो” । यता नगर प्रबक्ता नविन कार्कीले समेत विदामा भएको र विदाबाट आए पछि स्पटीकरण सोध्ने र चित बुझ्दो जवाफ नआए नगरले गर्न सक्ने कार्वाही अगाडी बढाउने बताए ।

आचार्यलाई लागेको आरोप, पिडित युपतीको पत्रकार सम्मेलन, संचारकर्मीलाई घटना लुकाईदिन गरेको अनुरोध, निवर्तमान नगर प्रमुखको भनाई, घटना घटेको भोलिपल्टै छलफलमा बसेका ब्यात्तीको बसेको, पिडित युवतीले लगाएको मुद्दा र आचार्यको लामो विदा बसाईले घटना लुकाउन खोजेको प्रष्ट देखिन्छ ।

पिडित महिलाले २०७८ मंसिरमा पहिलो पटक आफुमाथी स्वास्थ संयोजक मुरारी आचार्य यौन दुब्र्यावहार गरेको र भोली पल्टै छलफल हुदा तत्कालिन नगर प्रमुख दिलिप कुमार राई र तत्कालीन प्रदेश संसद कृष्ण कुमारी राईले घटना दवाएको उनले आरोप लगाएकी छन ।

छलफल पछि पनि नगरका स्वास्थ संयोजक मुरारी आचार्यले पटक पटक आफुमाथी यौन दुब्र्यावहार गरेपछी आफु बाध्य भएर जागिर छोडी कानुनी बाटो समाएको पिडित युवतीको भनाई छ । आचार्यले २०७८ देखि जागिर नछोडे  सम्म आफु माथी बारम्बार यौन दुब्र्यावहार गरेको कारण डर भय र त्रासबाट बच्न जागीर छोडि कानुनी उपचारमा लागेको बताएकी छन ।

उनि भन्छीन जिल्ला प्रसासन, प्रहरी प्रसासन र पथरी शनिश्चरे नगर लगायतले हदम्याद कटाउन मेरो उजुरी नै लिन मानेन महिलाको हक अधिकारका निम्ती बोल्ने र पहल गर्ने ओरेक नेपाल संस्थाको सहयोगमा कानुनी उपचारमा आई मुद्धा दर्ता गरेको उनको भनाई छ । उनि भन्छिन “म गलत छैन, मलाई परिस्थतीले र समयले कम्जोर बनायो आचार्य जस्ता कर्मचारीका कारण नगरका महिला कर्मचारी अशुरक्षित छन, एउटा महिलालाई पर्दा अर्को महिलाको साथ पाईन । आचार्यले मेरो सोझो पनको फाईदा उठायो” ।

यता घटना घटे लगतै छलफलमा बसेका संबिधान सभा सदस्य चन्डिप्रसाद राई, स्थानीय नेता टंक भण्डारी, तुलसी ढकाल, बौध कार्की पिडित चेलीले लगाएको आरोप साचो र पिडित चेलीले न्याय नपाएको बताएका छन । नगरले स्वास्थय संयोजक आचार्यलाई बचाउदै पिडित युवतीलाई अन्याय गरेको उहाँहरुको भनाई छ ।

सम्बन्धित खवर