साइनो समाचारदात/ पथरी, २० बैशाख
मोरङको पथरी शनिश्चरे वडा न २ मा जारि भेट्रान लिग फुटबल प्रतियोगितामा फाइनलको दावेदार वडा नं. १ लाई हराउदै वडा नं. ४ फाईनल प्रबेश गरेको छ । वडा नं. ४ का लागि एक मात्र निर्णायक गोल यादव राई गरेका थिए ।
राईले र्निधारित समय गोल रहित बराबरीमा सकिए पछि थप गरिएको समयको दोस्रो हाफमा गोग गरेका थिए । र्निधारित समयमा दुबै टिमले गोल गर्न नसके पछि खेल निर्णयका लागि समय थप गरिएको थियो । निकै प्रतिस्पर्दात्मक खेलमा दुबै टिमले गोल गर्ने राम्रा राम्रा अवसर पाए पनि गोल गर्न सकेन्न ।
वडा नं. ४ ले बैशाख २२ गते हुने फाईनलमा भोली शनिवार हुनेको खेलको विजेता संग उपाधीका लागि प्रतिस्पर्दा गर्ने छ । भोली शनिवारको खेल वडा नं. २ र वडा नं. ८ बिच हुने छ । प्रतियोगिताको विजेताले नगद ५० हजारका साथ ट्रर्फि मेडल प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार रुपैयाँ सहित मेडल ट्रफी प्राप्त गर्ने छ ।
प्रतियोगिता चैत्र १६ बाट सुरु भै बैशाख २२ सम्म संचालन हुने छ । खेल प्रत्येक शुक्रबार र शनिवार पथरी शनिश्चरे १ मा रहेको पञ्चायत मा विको खेल मैदानमा संचालन भैरहेको छ । पथरी शनिश्चरे वडा नं. १ समुह ए को विजेता र वडा नं. ४ समुह वि को उपविजेता हुदै नकउट चरण प्रबेस गरेको थियो ।
खेलको म्यान अद द म्याच नर्णियक गोलकर्ता यादव राई घोषीत भए । भोलि शनिवारको दोस्रो सेमिफाईनल खेल समुह वि को विजेता वडा नं. २ र समुह ए को उपविजेता ८ बिच हुनेछ ।
वडा नं. २ ले पुर्व खेलाडीको स्वास्थलाई मध्यनजर गर्दै र पुर्व फुटवल खेलाडीको भाइचार कायम राख्ने उदेश्यले प्रतियोगिता संचालन गरेको वडाध्यक्ष नैना राईले बताउनु भयो । प्रतियोगिता लीगको नक आउट चरणका आधारमा प्रतिस्पर्धा भएको खेल संयोजक तथा वडा नं २ का वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।