अनुमती बेगर पेट्रोल पम्प निमार्ण, मिचेको बाटोको वाल भत्कीयो, नगरले मापदण्ड विपरित सिफारीस दिएको वडाध्यक्षको दावी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

अनुमती बेगर पेट्रोल पम्प निमार्ण, मिचेको बाटोको वाल भत्कीयो, नगरले मापदण्ड विपरित सिफारीस दिएको वडाध्यक्षको दावी

गोपाल काफ्ले/पथरी, १८ बैशाख,
मोरङको पथरी शनिश्चरे वडा नं. ९ महेन्द्र चोकमा मापदण्ड विपरित बाटो मिचेर बनाएको वाल भत्काएको छ । सर्वसाधारणले हिनडुल गर्दै आएकोबाटो पेट्रोल पम्प निमार्ण गर्ने भन्दै बन्द गरिएको थियो । यता प्रमुख प्रशासकिय अधिकृत शशि राई भने वडाको गरेको सर्जमिनको आधारमा र सर्जिवन मुचुल्का सबैको आधारमा प्रकृया अघिबढेको बताउनु भयो । जहाँ सम्म आफुले सिफारिस नगरेको उहाँको भनाई छ ।


पम्प निमार्णका लागि नगरले नै नक्सामा र फिल्डमा भएको बाटो छैन भनि सिफारिस दिएको वडा नं. ९ का वडाध्यक्ष विरबहादुर राईले बताउनु भयो । नगर, सडक डिभिजन र आयल निगमको आखाँ छल्न बाटो छैन भन्दै बाटोमा पर्खाल लगाईएको थियो भने नगरका सरसफाईका कर्मचारी सुरेन्द्र कुमार राई र इन्जीनिय सन्तोष केसीले बाटो नभएको प्रमाणीत गरेका थिए ।

पथरी शनिश्चरेमा भर्खरै सुरु हुन लागेको पेट्रोल पम्पका विषयमा भने पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र नगर प्रबक्ता नविन कार्की आफुलाई कुनै जानकारी नरहेको बताउनु हुन्छ । यता संचालकले भने पेट्रोल पम्प संचालकले भने पम्प संचालनका लागि अनुमती र सिफारीस भने लिएको देखिदैन ।

पेट्रोल पम्प निर्माण सुरु भए संगै बाटो बन्द भए पछि स्थानीयले सास्थी बेहोर्दै आएका छन । भै रहेको बाटो नगर र पम्प संचालकले बाटो छैन भनि बन्द गरे पनि बाटो रहेको पथरी शनिश्चरे वडा नं. ९ का वडाध्यक्ष विरबहादुर राईले दावि छ । वडाध्यक्ष राईले भने “यो सब कर्मचारीको फटाई हो, सर्वसाधारणले आवत जावत गर्दै गरेको बाटो कसरी बन्द हुन्छ ? नगरको कुन कर्मचारीको आँखा फुट्यो र त्यहाँ बाटो देखेन ? वडाध्यक्षले हामी संग प्रतिप्रश्न गर्नु भएको छ ।

वडाध्यक्ष राईका अनुसार वडाले दुई बर्ष अघि उत्त बाटोको स्तर उन्नती गर्ने भन्दै दुई लाखमा ग्राभेल गरेको थियो । पम्प संचालनका लागि बाटो नभएको सिफारिस बनाउन कागजात आएको थियो, मैले सिफारिस नै जफत गरेर राखेको छु । म जनताको प्रतिनिधी हु भएको बाटो छैन भन्न सक्दीन वडाध्यक्ष राईले बताउनु भयो ।

सर्जमिन गर्न गएका नगरका योजना र वातावरण सरसफाई शाखाका फोहोेर मैला व्यवस्थापक साथै घर नक्साको जिम्मा पाएका सुरेन्द्र कुमार राईलाई बुझ्दा आफु यस विषयमा मिडियामा केहि नबोल्ने बताए । आफुले पम्प संचालकले ल्याएको नक्सा र सिफारिसका आधारमा सर्जमिन गरेको र यो अस्थाई अनुमती दिएको बताएका छन । राईले भने पम्प संचालकले बाटो हैन भनी बन्द गरेको र स्थानीयले कुनै गुनासो वा उजुरबाजुर नगरेका कारण प्रकृया अगाडी बढाएको बताए ।

स्थानीयले भने “यो पथरी शनिश्चरे नगरका कर्मचारी र जनप्रतिनिधीको फटाईका कारण बन्द भएको बताएका छन । सर्जमिन गर्न आएका कर्मचारीले आखँ अगाडी भएको बाटो नदेख्नु भनेको यहाँ केहि गडबढ भएको शंका गरेका छन । स्थानीय एक युवाले भने “पम्प संचालकले कर्मचारीलाई सेटिङ मिलाएर बाटो छैन भन्नी सिफारिस बनाएका छन । पैसा हुनेको राज रहेछ । यहाँ नगरका कर्मचारीहरु नै बाटो छैन भन्दै सर्जमिन गर्दै आएका थिए हामीले गरेनै तर कसरी मिलार ल्याए अहिले बाटो बन्द गरेका छन ।” स्थानीयले बताए ।

उत्त बाटो हुदै पथरी शनिश्चरे १० को धिमाल ग्रामथान हुदै डाँस खोला आवत जावत गर्ने सरल बाटो हो । स्थानीयको अनुसार १० बर्ष अघि पम्प संचालकले नै उत्त बाटो खोली प्लटीङ गरेका थिए । पेट्रोल पम्प पथरी शनिश्चरे ९ का रणबहादुर गुरुङले संचालन गर्न लागेका हुन । जग्गा धनी गुरुङले हाल पम्प संचालन गर्नका लागि आवश्यक संरचना निमार्ण गदै आएको छ । गुरुङले पम्प संचालन गर्न जग्गा संगै टासिएको दक्षिण पटिको बाटोमा पर्खाल लगाएर छेकोका थिए । तर साइनोखवर डटकममा समाचार आए संगै पर्खाल भत्काएको छ तर बाटो भने खुल्ला छैन ।

पम्प संचालन हुने एरियाको उत्तर रेल मार्ग र सरकारी बाटो रहेको छ भने दक्षिण पटि पम्प संगै बाटो रहेको छ । उत्त क्षेत्र पम्पका लागि अपुग भए संगै बाटो मिचिएको स्थानीयको भनाई छ । तर नक्सामा भने फरक देखिएको छ । नक्सामा दक्षिण पटि पम्प र बाटोको बिचमा कित्ता नम्वर ४०३ को लक्ष्मि गुरुङको कित्ता रहेको देखिन्छ ।

यता पम्प निमार्ण कार्यको जिम्मेवारी लिएका डिल्ली भट्टराईले भने सबै जग्गा आफ्नै रहेको र सडक डिभिजन र आयल निगम संग अनुमती लिनका लागि मात्र बाटो बन्द गरेको बताए । उनले भने पम्प संचालन भए संगै बाटो पनि खुल् लने बताएका छन ।

सम्बन्धित खवर