बाटो मिचेर पेट्रोल पम्प निमार्ण हुदै, पथरी शनिश्चरे नगरले दियो बाटो नभएको सिफारीस, वडाध्यक्ष भन्छन त्यो बाटो नक्साको हो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

बाटो मिचेर पेट्रोल पम्प निमार्ण हुदै, पथरी शनिश्चरे नगरले दियो बाटो नभएको सिफारीस, वडाध्यक्ष भन्छन त्यो बाटो नक्साको हो

गोपाल काफ्ले/पथरी, ११ बैशाख,  मोरङको पथरी शनिश्चरे वडा नं. ९ महेन्द्र चोकमा मापदण्ड विपरित पेट्रोल पम्प निमार्णका हुदै आएको छ । पम्प निमार्णका लागि नगरले नै नक्सामा र फिल्डमा भएको बाटो छैन भनि सिफारिस दिएको तथ्याङक फेला परेको छ ।


पेट्रोल पम्प निर्माण सुरु भए संगै बाटो बन्द भए पछि स्थानीयले सास्थी बेहोर्दै आएका छन । भै रहेको बाटो नगर र पम्प संचालकले बाटो छैन भने पनि पथरी शनिश्चरे वडा नं. ९ का वडाध्यक्ष विरबहादुर राईले बाटो भएको दावि गरेका छन । वडाध्यक्ष राईले भने सर्वसाधारणले आवत जावतका लागि प्रयोग गर्दै आएको बाटो कसरी बन्द हुन्छ ? नगरको कुन कर्मचारीको आँखा फुट्यो र त्यहाँ बाटो देखेन ?

वडाध्यक्ष राईका अनुसार वडाले दुई बर्ष अघि उत्त बाटोको स्तर उन्नती गर्ने भन्दै दुई लाखमा ग्राभेल गरेको थियो । पम्प संचालनका लागि बाटो नभएको सिफारिस बनाउन कागजात आएको थियो, मैले सिफारिस नै जफत गरेर राखेको छु । म जनताको प्रतिनिधी हु भएको बाटो छैन भन्न सक्दीन वडाध्यक्ष राईले बताए ।

यता प्रमुख प्रशासकिय अधिकृत शशि राई भने आफुलाई उत्त विषय कुनै जानकारी नभएको बताए । उनले भने “के रहेछ म बुझछु” । सर्जमिन गर्न गएका नगरका योजना र वातावरण सरसफाई शाखाका फोहोेर मैला व्यवस्थापक साथै घर नक्साको जिम्मा पाएका सुरेन्द्र कुमार राईलाई बुझ्दा आफु यस विषयमा मिडियामा केहि नबोल्ने बताए । आफुले पम्प संचालकले ल्याएको नक्सा र सिफारिसका आधारमा सर्जमिन गरेको र यो अस्थाई अनुमती दिएको बताएका छन । राईले भने पम्प संचालकले बाटो हैन भनी बन्द गरेको र स्थानीयले कुनै गुनासो वा उजुरबाजुर नगरेका कारण प्रकृया अगाडी बढाएको बताए ।

स्थानीयले भने “यो पथरी शनिश्चरे नगर हो यहाँका कर्मचारी र जनप्रतिनिधीले के गर्न सक्दैन्न ? कर्मचारीले मोटै रकम पाएको हुनु पर्छ नत्र आखँ अगाडी भएको बाटो किन देखेन्न ? स्थानीय एक युवाले भने “पम्प संचालकले कर्मचारीलाई सेटिङ मिलाएर बाटो छैन भन्नी सिफारिस बनाएका छन । पैसा हुनेको राज रहेछ । यहाँ नगरका कर्मचारीहरु नै बाटो छैन भन्दै सर्जिवन गर्दै आएका थिए हामीले गरेनै तर कसरी मिलार ल्याए अहिले बाटो बन्द गरेका छन ।”

स्थानीयहरु उत्त बाटो हुदै पथरी शनिश्चरे १० को धिमाल ग्रामथान हुदै डाँस खोला आवतजावत गर्ने गरेका छन । स्थानीयको अनुसार १० बर्ष अघि पम्प संचालकले नै उत्त बाटो खोली प्लटीङ गरेका थिए । बाटो हिड्दै आएका स्थानीहरु पम्प संचालन गर्ने भन्दै एक्का एक बाटो बन्द भएको गुनासो गरेका छन ।

पेट्रोल पम्प जग्गा धनी पथरी शनिश्चरे ९ का रणबहादुर गुरुङले संचालन गर्न लागेका हुन । हाल पम्प संचालन गर्नका लागि आवश्यक संरचना निमार्ण हुदै आएको छ । गुरुङले पम्प संचालन गर्ने जग्गा संगै टासिएको दक्षिण पटिको बाटो यतिखेल दिवाल लगाएर छेकोका छन । नगरले नक्सामा रहेको बाटो, गुगल म्याप समेत भएको बाटो छैन भनि सिफारिस दिएको छ । बाटोलाई बाटो नभएको सिफारिस गरे संगै स्थानीयहरुले हिडडुल गर्दै आएको बाटो बन्द भएको छ ।

पम्प संचालन हुने एरियाको उत्तर रेल मार्ग र सरकारी बाटो रहेको छ भने दक्षिण पटि पम्प संगै बाटो रहेको छ । उत्त क्षेत्र पम्पका लागि अपुग भए संगै बाटो मिचिएको स्थानीयको भनाई छ । तर नक्सामा भने फरक देखिएको छ । नक्सामा दक्षिण पटि पम्प र बाटोको बिचमा कित्ता नम्वर ४०३ को लक्ष्मि गुरुङको कित्ता रहेको देखिन्छ ।

यता पम्प निमार्ण कार्यको जिम्मेवारी लिएका डिल्ली भट्टराईले भने सबै जग्गा आफ्नै रहेको र सडक डिभिजन र आयल निगम संग अनुमती लिनका लागि मात्र बाटो बन्द गरेको बताए । उनले भने पम्प संचालन भए संगै बाटो पनि खुल्लने बताएका छन ।

पथरी शनिश्चरेमा पम्प नहुदा पथरी शनिश्चरे नगर क्षेत्रका यातायात ब्यावसायीहरुले समस्या भोग्दै आएका छन । लामो समय देखि पम्प संचालन नहुदा तेल हाल्न ७ किलो मिटर टाढा उर्लाबारी र बेलबारी जानु पर्ने बाध्यता छ ।

सम्बन्धित खवर