इन्ट्रा फाउन्डेसनद्धारा शिविर क्याममा स्वास्थय चौकी उद्घाटन साथै एम्बुलेन्स हस्तान्तरण  - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

इन्ट्रा फाउन्डेसनद्धारा शिविर क्याममा स्वास्थय चौकी उद्घाटन साथै एम्बुलेन्स हस्तान्तरण 

गोपाल काफ्ले/ पथरी, ८ बैशाख

कोसी प्रदेशका मुख्यमन्त्रि केदार कार्कीले मोरङको पथरी शनिश्चरे १० मा रहेको शरणार्थी शिविरमा स्वास्थय चौकीको उद्घाटन गर्नु भएको छ । इन्ट्रा फाउन्डेसनको सहयोग संचालनमा आएको शरणार्थी शिविरको स्वास्थय चौकी र बेलडाँगी शरणार्थी शिविरलाई १/१ वटा एम्बुलेन्स समेत हस्तान्तरण गर्नु भएको छ ।  सोहि एम्बुलेन्स झापा र मोरङमा रहेको शरणार्थी शिविरमा रहेक वटा एम्बुलेन्स हस्तान्तरण गर्नु भएको छ ।

इन्ट्रा फाउन्डेसनले भुटानबाट नेपाल हुदै तस्रो मलुक पुर्नस्थापना भै छुटका भुटानी नेपाली शरणार्थीहरुको स्वास्थयलाई मध्यनजर गर्दै स्वास्थय चौकी र एम्बुलेन्स सेवाको सुरुवात गरेको हो। मोरङको पथरी शनिश्चरे १० मा रहको शरणार्थी शिविरमा इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको सामुदायीक परियोजना अन्तरगत ५ बेडको स्वास्थय चौकी उद्घाटन भएको हो । इन्ट्राको सहयोगमा दमक नगरमा रहेको  बेलडागी शिविर र पथरी शनिश्चरे नगरमा रहेको शनिश्चरे शिविरलाई १/१ एम्बुलेन्स समेत प्रदान गरिएको छ ।

५ बेडको स्वास्थय चौकीको उद्घाटन र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्रि केदार कार्कीले विश्व भरि छरिएर रहेका नेपालीका लागि कोसी प्रदेशले ब्यावसायीका लागि लगानि गर्न बाटो खुल्ला रहेको बताए । कोसी प्रदेश कसैको मगन्ते नभएको र मगन्ते नबाउन अनुरोध गर्दै लगानी गर्न आवहान गर्नु भएको छ । मुख्यमन्त्रि कार्कीले कोसी प्रदेश लगानी गर्नेका लागि लगानी गरि मुनाफा आर्जन गर्न विश्व भरि छरिएर रहेका नेपालीलाई बाटो खुल्ला रहेको बताउनु भयो ।

कार्यक्रममा मुख्यमन्त्रि कार्कीले इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले गरेको कार्यको मक्त कण्ठले प्रसंसा गर्दै यो सरकार २ बर्ष ठुक्कले अघि बढ्ने बताउदै विश्वाश्को मत राख्ने कुनै अवसर नरहेको बताउनु भयो । अरु सरकारले के गर्छ भन्ने छैन कोसी सरकार भोट भन्दा फरक जनताको हक अघिकारका लागि सधै फरक ढंगले अघि बढ्ने बताउनु भयो । उहाँले विश्वभरी छरिएका नेपालीलाई जोड्ने इन्ट्रा फाउन्डेसनको यस कार्यमा आफु पनि सहभागी हुने र आजबाट उद्घाटन भएको स्वास्थ चौकीको संरक्षणमा आफु पनि जिम्मेवारी रहने बताउनु भयो ।

स्वास्थय चौकीको उद्घाटन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै इन्ट्रा फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीले विभिन्न कारणले विश्व भरि छरिएर रहेका सम्पुर्ण नेपालीलाई एक जुट गराउने उदेश्यका साथ इन्ट्रा फाउन्डेसन अफ अमेरिकाको स्थापना भएको बताए । उनले भने इन्ट्रा फाउन्डेसनले जहाँ जहाँ नेपाली छ त्यहाँ त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि काम गर्दै आएको र यस्को मुल उदेश्य भनेको नेपालीको सेवा गर्नु रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नायक दिलिप रायामाझी, गायक डम्वर नेपाली, कलाकार शंकर विशी, करिस्मा ढकाल, उद्घोषक नरेश भट्टराई लगायत इन्ट्रा फाउन्डेसन अमरिका, भारत र नेपालका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

 

सम्बन्धित खवर