पथरी शनिश्चरे नगर स्वास्थ संयोजकबाट महिला हिंसामा परेकी महिला न्याय खोज्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

पथरी शनिश्चरे नगर स्वास्थ संयोजकबाट महिला हिंसामा परेकी महिला न्याय खोज्दै

साइनो समाचारदाता/ पथरी, ४ बैशाख
मोरङ पथरी शनिश्चरे नगर स्वास्थ संयोजक मुरारी आचार्यबाट महिला हिंसामा परेकी पिडित महिला न्याय खोज्दै हिडेकी छन । नगरका स्वास्थ संयोजक मुरारी आचार्यले २०७८ देखि २०८० बैशाख ६ गते सम्म आफु माथी बारम्बार यौन हिंसा गरेको उनले आरोप लगाएकी छन ।


उनि इलाका प्रहरी कार्यलय पथरी, जिल्ला प्रसासन कार्यलय मोरङ, सरकारी वकित कार्यलय लगाय बिभिन्न संघ संस्थामा न्यायका लागि गए पनि सहयो नपाएको बताएकी छन । ईलाका प्रहरी कार्यलय पथरीमा जाहेरी पेश गर्दा समेत फिर्ता पठाएको उनले बताईन ।

उमेर पुगेको महिला माथि भएको हिंसामा एक बर्षको हदम्याद हुने कानुनी प्रबाधान रहेको छ । उनिमाथी पछिल्लो समय २०८० बैशाख ३ र ६ गते कार्यलय र बाटोमा जबरजस्ती गर्न खोजेको पिडित महिलाको भनाई छ । उनि भन्छीन जिल्ला प्रसासन, प्रहरी प्रसासन र पथरी शनिश्चरे नगर लगायतले हदम्याद कटाउन मेरो उजुरी नै लिन मान्दैन्न यता महिलाको हक अधिकारका निम्ती बोल्ने र पहल गर्ने संघ संस्थाहरुबाट पनि सहयोग नभएको बताईन ।

नेपाली काग्रेसको आडमा २०६४ सालबाट पथरी शनिश्चरे नगरको स्वास्थ शाखा सम्हाल्दै आएका आचार्य उत्त घटना बाहिरीए संगै बिदामा रहेका छन । चैत्र २३ गते पिडित महिलाले पत्रकार सम्मेलन गरे लगतै संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध समेत गरेका थिए । यता उत्त घटनाबारे चन्डिप्रसाद राई र बौध कार्की र तुलसी ढकाल र टंक भण्डारी संग बुझदा घटना यथार्थ रहेको र हाम्रा कुरा समेत दबाईएको बताएका छन । यता सोही बिषयमा सो घटनासँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए तर उनलाई कामका विष्यमा संझाएको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन ।

२०७८ मंसिरमा पहिलो पटक नगरका स्वास्थ शाखा प्रमुख आचार्यले आफु माथी यौन हिंसा गर्न खोजेको र भोलि पल्टै छलफल हुदा तत्कालीन नगर प्रमुख दिलिप कुमार राई, प्रदेश संसद कृष्ण कुमारी राईले घटना ढाकछोप गरेको पिडित महिलाले बताएकी छन । पहिलो प्रयास असफल भए पनि आचार्यले आफुलाई पटक पटक हिंसाको प्रयास गरेको कारण जागिर छोडन बाध्य भएको उनले बताएकी छन ।

“मैले उसै बेला नभनेको पनि हैन तर समाजका भद्रभलाद्मीहरुले मलाई न्याय दिन होइन आचार्यलाई बचाउन भूमिका खेले । बैठकमा नगर प्रमुखबाट पनि न्याय पाईन । छलफलमा तत्कालीन प्रदेश सभा सदस्य कृष्णकुमारी राई र तत्कालीन नगर प्रमुख दिलिप कुमार राईले दवाए पछि न्याय पाउने आश मर्यो । तर आचार्यको पटक पटकको हिंसा सहनु भन्दा जागिर छाडेर न्यायका लागि कानुनी बाटो रेजे तर सबै निकायहरु उसको पैसा र पावरको पछि लाग्यो । मेरो एउटै उदेश्य हो उ बाट अरु महिला शोशित र पिडित हुन नपरोर नगर अस्पतालमा म जस्तो अरु महिलाले पिडा भोग्नु नपरोस” पिडित महिलाले बताईन ।

छलफलमा समाजका भद्रभलाद्मी, संबिधान सभा सदस्य चन्डिप्रसाद राई, तत्कालिन प्रदेश संसद कृष्ण कुमारी राई, तत्कालिन नगर प्रमुख दिलिप कुमार राई, स्थानीय नेता कार्यकर्ता टंक भण्डारी, मान प्रसार लिम्बु, तुलसी ढकाल, बौध कार्की लगायतको छलफलबाट पनि आफुले न्याय नपाएको पिडित महिलाको भनाई छ ।

 

सम्बन्धित खवर