२०७८ देखि २०८० बैशाख ६ गते सम्म म माथी हिंसा भएकको छ : पिडित महिला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

२०७८ देखि २०८० बैशाख ६ गते सम्म म माथी हिंसा भएकको छ : पिडित महिला

तत्कालीन नगर प्रमुख दिलिप कुमार राईले घटना ढाकछोप गरेको बताएकी छन । 

साइनो समाचारदाता/पथरी, ३०, चैत मोरङको पथरीशनिश्चरेकी एक महिला २०७८ साल देखि २०८० बैशाख ६ गते सम्म स्वास्थ संयोजकको हिंसामा परेको बताएकी छन । उनि पथरी शनिश्चरे नगरका स्वास्थ संयोजक मुरारी आचार्यबाट हिंसामा परेको बताएकी हुन ।

तत्कालिन नगर प्रमुख दिलिप कुमार राई र प्रदेश सदस्य कृष्णकुमारी राईले घटना दबाए पनि चन्डिप्रसाद राई र बौध कार्कीले असहमती जनाएको उनले बताईन । छोरी मान्छेको इज्जत र नगरको बदनाम हुन्छ भन्दै घटना दबाएको उनको भनाई छ ।

यता उत्त घटनाबारे चन्डिप्रसाद राई, बौध कार्की र तुलसी ढकाल संग बुझदा घटना यथार्थ रहेको र हाम्रा कुरा समेत दबाईएको बताएका छन । तत्कालिन नगर प्रमुख दिलिप कुमार राई उत्त विषयमा आफु कुनै पनि अभिब्यात्ती नदिने बताए पनि एक मिडियामा भने अढाई बर्ष पहिलेको घटना भएको र सबै बसेर समाधान गरेको जानकारी दिएका छन् । प्रमुखको उत्त भनाईले अढाई बर्ष पहिले घटना भएको पुष्टी गरेको छ ।

२०७८ साल मंसिरमा पहिलो पटक नगरका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले आफु माथी यौन हिंसा गर्न खोजेको र भोलि पल्टै छलफल हुदा तत्कालीन नगर प्रमुख दिलिप कुमार राईले घटना ढाकछोप गरेको पिडित महिलाको भनाई छ । पहिलो प्रयास असफल भए पनि स्वास्थ संयोजक आचार्यले आफुलाई पटक पटक हिंसाको प्रयास गरेका कारण आफुले जागिर छोडेको बताएकी छन ।

२०८० बैशाख ३ गते आफु माथी स्वास्थ संयोजकले कु दृष्टी राखे पछि जागिर छाड्न बाध्य भएको उनले बताईन । आफु जागिरमा रहदा काम गरेको रेकड बुझाउन बैशाख ६ गते जादा बाटोमा छेकी जवरजस्ती गर्न खोजेकी उनले आरोप लागएकी छन । उनि बैशाख ६ गते पथरी शनिश्चरे १० स्थित भुल्के पशुपती सामुदायीक बन अगाडी स्वास्थ संयोजक आचार्यले जबरजस्ती गर्न खोजे पछि मानसीक पिडामा रहेको उनको भनाई छ ।

आफु राती ड्यूटी गरिरहेको अवस्थामा आचार्यले जबर्जस्ती करणी गर्न खोजेको र दुब्र्यबहार गर्दा पनि नगर प्रमुखले नै घटना लुकाएर स्वास्थ संयोजकलाई बचाए पछि आफु अन्यायमा परेको उनको भनाई छ । आफु आचार्यले जबरजस्ती कोठा भित्र बोलाएर शरिरका बिभिन्न अंगहरुमा छोएको, जबरजस्ती मदिरा सेवन गराएको र आफुले भनेको माने विर अस्पतालमा जागिर समेत मिलाईदिन्छु भन्दै प्रलोभन देखाएर दुब्यृबहार समेत गरेको बताएकी छन ।

समाजका भद्रभलाद्मीहरुलाई पनि सुनाएँ । ठूला मान्छेहरुले बैठक पनि गरे तर मलाई न्याय दिन होइन उसलाई बचाउन भूमिका खेले । छलफलमा तत्कालीन प्रदेश सभा सदस्य कृष्णकुमारी राई, संबिधान सभा सदस्य चन्डिप्रसाद राई, तत्कालिन नगर प्रमुख दिलिप कुमार राई, स्थानीय नेता कार्यकर्ता टंक भण्डारी, मान प्रदार लिम्बु, तुलसी ढकाल, बौध कार्की लगायतको छलफलबाट पनि आफुले न्याय नपाएको बताएकी छन ।

यता सोही बिषयमा सो घटनासँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए तर उनलाई कामका विष्यमा संझाएको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन भने स्थानीय संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध समेत गरेका छन ।

सम्बन्धित खवर