जोखिम न्यूनिकरणका लागि वर्ल्डलिंकको सडक सुरक्षा गोष्ठि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

जोखिम न्यूनिकरणका लागि वर्ल्डलिंकको सडक सुरक्षा गोष्ठि

दमक/ इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्मचारीहरुलाई लक्षित गरेर कार्यस्थलमा हुने जोखिमलाई न्यूनिकरण गर्न एक दिने सडक सुरक्षा सतर्कता गोष्ठि आयोजना गरेको छ । कर्मचारीको जिवनको सुरक्षालाई मध्यनजर गर्दै र कर्मचारीमा जोखिम न्यूनिकरण बारे चेतना जगाउने उदेश्यले दमकमा शाखाले एक दिने गोष्ठि आयोजना गरेको कोशी प्रदेश जनसम्पर्क अधिकृत राजन तिम्सिनाले बताउनु भयो ।

गोष्ठीबाट कर्मचारीहरुमा बिधुत पोलहरुमा तार तथा सडकमा फाइबरको काम गर्दा कसरी सुरक्षा अपनाउने भन्ने बिषयमा जानकारी गराइएको थियो । दुई सिफ्टमा भएको गोष्ठिमा आफ्ना कर्मचारीहरुलाई कार्यस्थल अर्थात सडकमा नै जानकारी गराएको हो ।

दुर्घटनाको जोखिम न्यूनिकरणका लागि अपनाउनु पर्ने सावधानी र गर्नु पर्ने कामको बिषयमा आफ्ना बिभिन्न शाखा कार्यालयका कर्मचारीहरुलाई यस प्रकारको सचेतना दिईएको वल्र्डलिंकका कोशी प्रदेश जनसम्पर्क अधिकृत तिम्सिनाको भनाई छ ।

कार्यस्थलमा नै यस प्रकारको कार्यक्रम गर्दा हामीमा जोखिमबारे सहज रुपमा बुझिने एक कर्मचारीले बताए । यस्ता खाल्का गोष्ठिबाट आफ्नो सुरक्षा आफ्नै हातमा हुन्छ भन्ने अनुभुत हामी कर्मचारीहरुमा जागेको कर्मचारीहरुको भनाई छ।

सम्बन्धित खवर