पथरी शनिश्चरे नगरका स्वास्थ शाखा प्रमुखद्धारा आफनै महिला कर्मचारी माथि यौन हि‌साको आरोप - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

पथरी शनिश्चरे नगरका स्वास्थ शाखा प्रमुखद्धारा आफनै महिला कर्मचारी माथि यौन हि‌साको आरोप

साइनो समाचारदाता/ पथरी, २९ चैत
मोरङको पथरीशनिश्चरे नगरका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यलाई यौन हिंसा गरेको आरोप लागेको छ । नगर अस्पतालमा काम गरेकी एक महिला कर्मचारीले आफु राती ड्यूटी गरिरहेको अवस्थामा आचार्यले जबर्जस्ती करणी गर्न खोजेको गम्भिर आरोप लगाएकी छिन । घटना २०७८ मंसिर महिनाको हो । उनले आफु माथि नगर स्वास्थ संयोजक आचार्यले जबरजस्ती कोठा भित्र बोलाएर शरिरका बिभिन्न अंगहरुमा छोएको, जबरजस्ती मदिरा सेवन गराएको र आफुले भनेको नमाने बाहिर जान नदिने भन्मादै कोठा थुनेर राखेको बताएकी छन ।

उनले आफुले भनेको माने काठमाडौको विर अस्पतालमा जागिर समेत मिलाई दिन्छु भन्दै प्रलोभन देखाएर आफु माथी दुर्ब्यवहार समेत गरेको आरोप लगाएकी छन ।
घटना घटे लगतै भोली पल्ट उत्त महिलाले अभिभावकलाई भने पछि पथरी शनिश्चरे नगरका तत्कालीन नगर प्रमुख दिलिप कुमार राईले घटना गुपछुप पारी दवाएको बताएकी छन । अभिभावकले राजनितिककर्मीको साहारामा नगर प्रमुख र तत्कालिन संसद कृष्ण कुमारी राई, संबिधान सभा सदस्य चन्डि प्रसाद राई र स्थानीय नेता कार्यकर्ता विच छलफल समेत बसेको थियो ।

छलफलमा घटना साचो भएको र स्वास्थ शाखा प्रमुखलाई माफी मात्र मगाएर नगर प्रमुख दिलिप कुमार राई र कृष्ण कुमारी राईले घटना दबाएको पिडित युवतीले बताएकी छन । पिडित युवतीको आरोपका आधारमा तत्काली नगर प्रमुख दिलिप कुमार राई, संविधान सभा सदस्य चन्डि प्रसाद राई र केहि नेता संग बुझदा घटना साचो रहेको बुझिएको छ । उनिहरुले भनेका छन घटना साचो हो तर उत्त घटना हामी सबै बसेर समाधान गरेको थियौ तर अहिले कसरी बाहिर आयो थाहा नभएको बताएका छन ।

उत्त घटनाबाट न्याय नपाए पछी आफु मानसिक रुपमा तनाव भएको र उपचार गरि न्याय खोज्न जागिर समेत छोडेको उनको भनाई छ । न्याय माग्दै हारगुहार गर्दा समेत अस्पताल प्रसासन, नगर प्रमुख र संसद जस्तो ब्यात्तीबाट न्याय नपाए पछि मिडियाको साहारामा आएको बताएकी छन । छलफल आफु ड्यूटी पोसाकमा रहेको बेला अस्पताल प्रमुख मुरारी आचार्यबाट पिडित हुदा समेत न्याय नपाए पछि आफु मानसीक रुपमा रोगि भई घर झगडा समेत भएको बताई ।

अहिले उनी उक्त घटनामा संलग्न माथिल्लो निकायका ती कर्मचारी विरुद्ध कानुनी लडाँई लड्न चाहन्छिन । तर, हदम्यादका कारण उनले मुद्दा दर्ता गर्ने अवस्था छैन ।
‘मैले त्यसबेला कानूनी कारबाहीका लागि अदालत जान सक्ने अवस्था भएन । मैले यस विषयमा बुझेको पनि थिइन तर तत्कालै आमालाई भनेको थिएँ, आमालाई तुरुन्तै सुनाएँ र कारवाही गर्नका लागि मलाई सहयोग गर्न भनें । समाजका भद्रभलाद्मीहरुलाई पनि सुनाएँ । ठूला मान्छेहरुले बैठक पनि गरे तर मलाई न्याय दिन होइन आचार्यलाई बचाउन भूमिका खेले । छोरी मान्छेको इज्जत जान्छ बरु यस्लाई सरुवा गर्ने भन्दै कानुनीबाटो बन्द गराए ।

त्यतिबेला म यसरी बोल्न सक्दिनथें । त्यसमाथि पनि पीडामा भएको बेला बोल्न सकिन तर मैले त्यो मुद्दा कहिल्यै छोडिन, आज बोल्न सक्ने भएकी छु, त्यो कन्फिडेन्स म सँग आएको छ त्यसैले अहिले म कानूनी हिसाबले लड्न चाहन्छु । तर, सबैले हदम्याद देखाएर त्यहाँ पुग्न नै दिइरहेका छैनन्” ति युवतीले भनिन् । म त उसको हिंसामा परे म जस्ता अन्य स्वास्थकर्मी महिलाहरु अरुको सिकार नबन्नु यस्का लागि मेरो लडाई हो उनको भनाई छ ।

महिला अधिकारको पक्षमा काम गर्दै आएको ओरेक नेपाल विराटनगरकी प्रमुख सरस्वती दनुवारले हदम्यादका कारण धेरै महिलाहरु न्यायबाट वञ्चित हुनु परेको बताइन । ‘हामीले पनि यस विषयमा बहस र पैरवी गरिरहेका छौं । महिलामाथि हुने यौन हिंसाको घटनामा हदम्याद हुनुहुँदैन । हदम्यादका मुद्दा दर्ता गर्न नसक्दा हामी कहाँ आएका धेरै पीडित महिलाहरु निराश भएर फर्किनु परेको छ,’ दनुवारले भनिन् । उनका अनुसार कानुनमा उमेर पुगेका महिलामाथि यौन हिंसा भए एक वर्ष सम्मको हदम्याद छ । एक वर्ष भन्दा अगाडिको घटनामा मुद्दा नलाग्ने कानुनी व्यवस्था छ । नाबालिकाको हकमा भने हदम्याद नरहने कानुनी व्यवस्था छ ।

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले पनि हदम्यादका कारण उल्लेखित घटनाको जाहेरी लिन प्रहरीलाई समस्या परेको बताए । ‘उजुरीको हदम्याद हुन्छ । साइबर क्राइमको हदम्याद एक वर्ष हो । घटना साढें ३ वर्ष अगाडिको हो । हामीले के कसो भएको भनेर गाउँपालिकालाई लेखेर पठाएका छौं । पालिकाबाट पत्र आएपछि सरकारी वकिलसँग सल्लाह गरेर कारबाही अगाडि बढाउँछौं,’ कार्कीले भने, ‘पीडितले पनि साढे ३ वर्षसम्म चुप लागेर बस्नु चाहिं हुँदैन थियो । हामीले सम्बन्धित कर्मचारी र महिलाको विवरण माग गरेका छौं ।’

यता सोही बिषयमा सो घटनासँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन भने स्थानीय संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध समेत गरेका छन ।

आचार्य राजनीतिक शक्ती आडमा १५ बर्ष देखि पथरी शनिश्चरेमा रजगज गर्दै आएका कर्मचारी हुन । उनि यस अघि पनि धेरै बिबादमा तानिरहेका कर्मचारी हुन । उनिलाई कोरोना कहरमा नगरको १० लाखको चेक आफ्नो नाममा काटेको, आर्मीको तातिममा फायर क्याममा बसेको, पीसीआर परीक्षणको लागि स्वाब संकलनको नाममा रकम असुलेको जस्ता विषयमा विबादीत हुदै आएका छन ।

सम्बन्धित खवर