हरियाली कम्पनी समिति बिहिन, अध्यक्ष अशोक कुमार राई सहित २ सदस्यले दिए राजिनामा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

हरियाली कम्पनी समिति बिहिन, अध्यक्ष अशोक कुमार राई सहित २ सदस्यले दिए राजिनामा

साइनो समाचारदाता/ पथरी, २० चैत, मोरङ पथरी शनिश्चरे २ मा रहेको हरियाली कम्पनी समिति बिहिन भएको छ । हरियाली कम्पनी र हरियाली सामुदायीक बन उपभोत्ता समुह बिचको बिबादका कारण अध्यक्ष अशोक कुमार राई सहित २ सदस्यले राजिनामा दिएका छन ।

हरियाली सामुदायीक बनको पहलमा हरियाली पब्लिक कम्पनी खोली बन क्षेत्रमा पर्यटकिय स्थल निर्माण गर्ने भन्दै ८ सय ६१  सेयर सदस्य बनाई १० हजार देखि २ लाख सम्म रकम उठाएको छ । काम गर्ने बातावरण नदिए पछि कम्पनीबाट अध्यक्ष सहित कम्पनीबाट सदस्य गणेशकुमार राई र प्रलाहदकुमार चौहानले समेत राजिनामा दिनु भएकाे छ ।  कम्पनीमा हरियाली सामुदायीक बनबाट ४ जना र  सेयर सदस्य (उपभोत्ता पब्लिक) बाट २ जना चयन गरि समिति बन्ने नियम रहेको छ ।

हरियाली कम्पनीका अध्यक्ष अशोक कुमार राई र हरियाली सामुदायीक बन उपभोत्ता समुहका अध्यक्ष काबुल बहादुर मगरको आन्तरिक बिबालका कारण उपभोत्ताको रकम डुब्न अवस्था देखिएको छ ।  हरियाली सामुदायीक बन उपभोत्ता समुहले  आफु मातहतका ३ जना सेयर सदस्य रोहित बास्तोला, रिता गिरि र चन्द्रकला गुरुङलाई फिर्ता बोलाई अवरोध गरेको कारण राजिनामा  दिएको अध्यक्ष राईको भनाई छ । हरियाली कम्पनीमा हरियाली सामुदायीक बन उपभोत्ता समुहको हावी भएकाे कारण राजिनामा दिएको बताउनु भयो ।

बैशाख १५ मा पार्क उद्घाटन गर्ने तयारी रहेको कम्पनीमा हरियाली सामुदायीक बनले काम गर्ने बातावरण नदिएकाे र हरियाली सामुदायीक बन  हावी भएका कारण आफुले राजिनामा दिएको अध्यक्ष अशाेक कुमार राईले बताउनु भयो ।  कम्पनीमा सेयर सदस्यले हालेको लाखौ रकमको जवाफ देहिता आफुमा आएको र हरियाली सामुदायीक बनका अध्यक्ष काबुल बहादुर मगर पटक पटक समस्या दिएको उहाँको भनाई छ ।

अध्यक्ष अशाेक कुमार राईले सार्वजनीक गरेको राजिनामा पत्रमा हरियाली बनका अध्यक्ष काबुल बहादुर मगरलाई लक्षित गर्दै लेख्नु भएको छ हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष स्वयमलेनै यो कम्पनीले केहि गरेन, कसले शेयर हाल्छर ? मैं हाल भन्दिन भनी अफवाह फैल्याउँने गैर जिम्मेवारी हरकतमा उत्रिनुभएको वेला प्रतिवादमा मैंले ए अध्यक्षज्यु मँ अध्यक्ष भएलगतै निरन्तरताको अथक प्रयास पश्चात संघिय बजेट रु. ४१६,०००,०००/- (अक्षरेपी चार करोड सोह लाख ) भित्रयाएर तपाइको आँखा सोभै निर्माणको कार्य देखिरहनु भएको छ त भन्दा रिसाएर यो काम सव ठेकेदारले गरेको हो भनेर प्रतिउत्तर दिनुहुन्थ्यो ।

राजिनामा पत्रमा हरियाली सा. व. उ. समुहले कम्पनीमा जम्मा भएको शेयर रकम समेत बैंकको व्याज व्यहोर्नेगरी किस्ता किस्तामा चलाएको रकमको आंशिक व्याज मात्र रु.३३२,१३१.६६ /- (अक्षरेपी तीन लाख बत्तीस हजार एक सय एक्तीस रुपैंया छैसठी पैसा ) हुन जान्छ तर उक्त व्याज रकम समेत कम्पनीलाई थाहै नदिई एकतर्फी हरियाली सा. व. उ. समुहले निर्णय गरी पूर्व सम्झौता अनुसार निर्व्याजी सावाँ रकम मात्र धरौटीमा कायम गर्न र अडिट हिसाबमा सोहि बमोजिम हिसाव राख्न बाध्य पार्ने हुकुमी शैली प्रयोग गरि कम्पनीलाई अप्ठ्यारो अवस्था सृजना गरेको उल्लेख छ ।

अध्यक्ष राईले श्री हरियाली सा. व. उ. समुह र कम्पनीमा धेरै उपभोत्ताको श्रम पसिना र ठुलो रकम रहेको र उत्त श्रम पसिना र रकम डुब्नु हुदैन भन्ने हेतुले मार्ग प्रसस्त गर्ने श्री हरियाली सामुदायिक वन लिमिटेडको अध्यक्ष पद र प्रतिनिधि समेत नरहने गरि राजिनामा पेश गरेको बताउनु भयो ।

यता हरियाली सामुदायीक बनका अध्यक्षा काबुल बहादुर मगरले आफु माथि आरोप लगाएको र वन र कम्पनी फरक रहेको बताउदै निती र विधी सम्वत सामुदायीक बन अघाडी बढेको बताउनु भयो ।

सम्बन्धित खवर