पथरी शनिश्चरेको बेथिती बिरुद्ध एकीकृत समाजवादीले बुझायो ज्ञापन पत्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, साउन ०८, २०८१

पथरी शनिश्चरेको बेथिती बिरुद्ध एकीकृत समाजवादीले बुझायो ज्ञापन पत्र

साइनो समाचारदाता/ पथरी, चैत्र ११/  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरीशनिश्चरे नगर कमिटीले पथरी शनिश्चरे नगरमा भएका  भूमि ,शिक्षा, स्वास्थ्य, कृर्षि, श्रमिकका पक्षमा भएका बेथिती सुधार्न माग सहित नगर प्रमुख मोहनप्रसाद तुम्वापोलाई ज्ञापन पत्र बुझाएको छ।  आईतवार पथरी शनिश्चरे नगरमा प्रमुख तुम्वापो  ज्ञापन पत्र बुझाउदै भूमि, शिक्षा, स्वास्थ्य, कृर्षि, श्रमिक लगायतका पक्षमा सुभार गर्न पहल गरेकाे पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकालले बताउनु भयो।

ज्ञापनपत्र मार्फत शिक्षा, स्वास्थमा कर्मचारी नियुत्ती, ब्यावस्थापन समिति नियुत्ती र विकास निर्माणमा चरम लापर्वाही हुदै आएको र पटक पटक मैखिक जानकारी दिदा समेत सुधार नभएकाले ध्यानाकर्षण गराएकाे प्रदेश सदस्य टंक भण्डारी बताउनु भयो । उहाँले पछिल्लो समय नगरले चन्द्र किरातेश्वर माविमा भएको ब्यावस्थापन समिति र नगरमा बिग्रिएर थन्किएको एम्बुलेन्समा नेताका छोरा र कार्यकर्ता नियुत्ती गरेको प्रति पनि जानकारी गराएकाे बताउनु भयो साथै नगरका कर्मचारीलाई स्वास्थ प्रमुखले निजिकार पुच्छन लगाएको गलत कारेयमा नगर मौन रहेकाले नगरमा बेथितीको चाङ छ भन्ने प्रष्ट रहेको बताउनु भयो । नगर फटाहा, जाली, बेरुजु रहेकाहरु र पार्टिका सदस्यलाई भर्तिकेन्द्र जस्तै बनेको शंज्ञा दिनु भयो ।

ज्ञापनपत्र मार्फत पथरी शनिश्चरे नगरभित्र २०३५/ ०३६ सालदेखि जंगल अवस्था मै ढाल फाँड र आवास गरी आएको ५ हजार जति अव्यवस्थित बसोवासीहरूलाई ब्यावस्थीत गर्न ।  २०४२/०४३ सालमा भु-माफियाले बनाएको किर्ते लालपुर्जा रद्द गर्न पलह गर्नु पर्ने उलेख छ । ज्ञापन पत्रमा ‘ सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरूका नानीबाबुहरूलाई पनि सामुदायिक विद्यालयमा पठाउने व्यवस्था मिलाउन पहल गर्नु पर्ने । अहिलेको शिक्षा प्रणाली सैद्धान्तिक भएकोले व्यवहारिक शिक्षा प्रणालीको व्यवस्था मिलाउन, विभिन्न जाति समुदायहरूको भाषा लिपिहरूलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी भाषा पाठशालाहरू संचालन गर्न पनि माग गरिएको छ।

स्वास्थ्य क्षेत्रमा ‘आर्थिक रूपले विपन्न वृद्धवद्धा, अपाङ्गता भएका समुदायहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन ‘ पहल गरिदिन भन्दै कृषि औजार यन्त्र, उपकरण र जैविक, प्रा‌ङ्गारिक मल विउको उचित व्यवस्था गरी अनुदानमा किसानहरूलाई वितरण गर्ने व्यवस्था पहल गरियोस् आदि विभिन्न मागहरु राखिएको थियो।

सोहि क्रममा नगर प्रमुख तुम्वापोले ज्ञापन पत्रमा उठाइएका केहि मागहरु सम्बोधन भैरहेको र केहि समस्याहरू समाधानका क्रममा निरन्तर रहेको जवाफ दिनु भएको थियो।सोहि अवसरमा सचिव देवेन्द्र वनेम , केन्द्रीय सदस्य कृष्ण कुमारी विक, संविधान सभाका सभासद तथा मोरङ जिल्ला ईन्चार्ज चण्डी प्रसाद राई, प्रदेश सदस्य टंक भण्डारी लगायतको उपस्थिति रहेको थियो।

 

सम्बन्धित खवर