नगर प्रमुखद्धारा शिक्षा ऐन विपरित विद्यालय ब्यावस्थापन समितिको अध्यक्षमा सिफारिस, अध्यक्षले बेरुजु तिर्न बाँकी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

नगर प्रमुखद्धारा शिक्षा ऐन विपरित विद्यालय ब्यावस्थापन समितिको अध्यक्षमा सिफारिस, अध्यक्षले बेरुजु तिर्न बाँकी

साइनो समाचारदाता/पथरी, ९ चैत्र 
नगरपालिका शिक्षा ऐन २०७९ विपरित मोरङ्गको पथरीशनिश्चरे स्थीत एक विद्यालयले विद्यालय व्यावस्थापन समितीको अध्यक्ष चयन गरे पछि सो कार्यको विरोध सुरु भएको छ । नगर प्रमुख मोहन तुम्बापोले शिक्षा ऐन विपरित बेरुजुमा परेका पुर्व वडासदस्य काशिराज राईलाई सिफारिस गरे संगै विबाद सुरु भएको हो ।


जनप्रतिनिधी हुदा रहेको वेरुजु रकम नतिरेका स्थानिय काशिराज राईलाई पथरीशनिश्चरे नगरपालिकाले पथरीशनिश्चरे ७ मा रहेको चन्द्रकिरातेश्वर मावीको विद्यालय व्यावस्थापन समितीमा सिफारिस गरेको थियो । सोहि आधारमा राई सो विद्यालयको व्यावस्थापन समितीको अध्यक्ष भएका हुन् ।
पुर्व वडासदस्य राई तत्कालिन वडासदस्य हुदा एक लाख ३९ हजार बेरुजु रहेको नगरमा तथ्याङ्क रहेको छ ।

चैत्र २ गते पथरी शनिश्चरे ७ मा रहेको श्री चन्द्र किरातेश्वर मा विको ब्यावस्थापन समिति लागि भेला भएको थियो । भेलाले ब्यावस्थापन समितिमा ४ जना सर्वसमत चयन गरेको थियो । भने नगरपालिकाले काशिराज र वडा नम्वर ७ ले मन्जु ताम्लि लिम्वुलाई सिफारिस गरेर पठाएको थियो । सो पछि भएको अभिभावक भेलामा वहुमत सदस्यका नाममा काशिराजलाई अध्यक्षमा चयन गरिएको वताइएपनि सो को स्थानिय अभिभावकहरुले विरोध गरेका थिए ।

स्थानिय अभिभावक मौशम लिम्वुका अनुसार काशिराज राजनैतिक पहुचका आधारमा अध्यक्ष भएको र उनले जनप्रतिनिधी हुदा रहेको वेरुजु रकम अझै भुक्तानी गरेका छैनन् । तर बेरुजु छ भन्ने थाहा हुदा हुदै नगर प्रमुख तुम्बापोले बहुमतको दम्भ देखाएको स्थानिय सरोकारवाला मौसम लिम्बुले बताए । शिक्षा ऐेन २०७९मा कुनै पनि संगठित सस्था वा कार्यलयको रकम वेरुजु रहेको कागज पेश हुन आएको व्याक्ति विद्यालय व्यावस्थापन समितीको सदस्य समेत नरहने व्यावस्था रहेको छ ।

यता नगर शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले कुनै उजुर नपरे पछि अध्यक्ष चयन भएको र उत्त कार्य विद्यालय र जनप्रतिनिधीले गर्ने बताए । यदि कुनै उजुरी परेको भए प्रकृया अघि बढ्दैन थियो र उजुरी परे र बेरुजु ठहरिए बर्खास्त हुने शिक्षा शाखा प्रमुख काफ्लेले बताउनु भयो ।

सम्बन्धित खवर