पञ्चायत माविमा एक दिने गणित ‘पाइथागोरस सिद्धान्त’ प्रदर्शन, - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

पञ्चायत माविमा एक दिने गणित ‘पाइथागोरस सिद्धान्त’ प्रदर्शन,

साइनो समाचारदाता/पथरी, ३ चैत्र,
२६ औं अन्तर्राष्ट्रिय गणित दिवश Pi Day को अवसर पारेर मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले एक दिने गणित प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सहयोगमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूले पहिलो पहिलो पटक गणित ‘पाइथागोरस सिद्धान्त’ लाई प्रदर्शन गरेका हुन ।


ग्रीक गणितिज्ञ एवम् दार्शनिक पाइथागोरसले पत्ता लगाएको पाइथागोरस गणितीय सिद्धान्तलाई विद्यार्थीहरू व्यावहारीकमा लागु गर्दै प्रदर्शन गरेका हुन । कार्यक्रममा नेपाल गणित समाज कोशी प्रदेशका अध्यक्ष डिबी थापा, कोषाध्यक्ष घनश्याम अधिकारी, शिक्षक टंक काफ्लेले प्रदर्शनीको निरिक्षण गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख शालिग्राम काफ्लेले यस्ता कृर्याकलापले विद्यार्थीको क्षमता विकासमा प्रेरणा मिल्ने बताउदै अन्य छिमेकी पालिका र विद्यालयले समेत सुरु गर्नु । विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छिमेकी विद्यालयको समेत सहभागिता रहेको थियो ।


विद्यालयले अध्यायन संग संगै ब्यावहारमा लागु हुने विषयलाई प्रयोगात्मक पद्धतीबाट ज्ञान आर्जन हुने हेतुले प्रदर्शनको अवधारण अघि सारेको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनु भयो । छोटो समयमा विद्यार्थीहरू रुचि र शिक्षकहरुको सकृयता र छिमेकी विधालयको सहयोगका कारण एक हप्ताको मेहेनतमा गणिती प्रदर्शन सफल भएको उहाँको भनाई छ ।


मानव जिवनमा अति उपयोगि उत्त ‘पाइथागोरस सिद्धान्त’ विद्यालय स्तरको गणितमा पढाइ हुने विषय हो । यस्ता प्रदर्शनले उत्त सिद्धान्तद्धारा समकोण त्रिभुजका तीन किनारा पत्ता लगाउने, ठुलठुला रुख, पहाड, विल्डीङको एरिया, उच्चाई, लम्बाई लगायतका तथ्याङक पत्ता लगाउने सरल सुत्र भएकाले अध्यायन संगै प्राक्टीकल मार्फत देखाउन पाएको विद्यार्थी संभव बास्कोटाले बताए ।


विद्यालयको बुकलेस फ्राइ–डेको अवधारणा अनुरुप २६ औँ अन्तराष्ट्रिय गणितीय दिवश Pi Day को अवसरमा घरमा हुने साना मसिना ठानेका गणितिय ज्ञानलाई आज विद्यार्थीले सहज रुपमा बुजउदै प्रदर्शन गर्न सकेको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाले बताउनु भयो । श्री पञ्चायत मावि परिसरमा विद्यार्थीले देखाएको उत्कृष्ट प्रदर्शनले बालबालिकाको उज्यालो भविष्यको सहजै अनुमान लगाउन सकिने बास्कोटाको भनाई छ ।

 

सम्बन्धित खवर