पुर्वका उदयमान गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगित रहेको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गितलाई राजु कार्किले एरेन्ज गरेका हुन भने जिवन थापा मगरले सम्पादन गरेका हुन् ।
पुर्वेली भाका, आधुनीक तथा लोक, र युवा पुस्ताको चाहाना अनुरुपका भाकामा गित गाउन सिपालु गायक गुरुङ यो गित भने दुई मायालु प्रेम जोडीमा आधारीत छ । पुर्वका रमणिय स्थलमा सुटिङ भएको भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन् । पुर्वमै रहेर चलचित्र जगतमा रहेका मोडल करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको भिडियोमा ताराविर पाण्डेले निर्देशन गरेका छन ।