बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘स्थानीय आर्थिक  विकास’मा उत्कृष्ट नगरपालिका अवार्ड पाएको छ । काठमाडौँ आयोजित नेपाल नगरपालिका संघको ३१ औँ स्थापना दिवसको अवसरमा आव २०७९–०८० मा ‘स्थानीय आर्थिक  विकास’मा उत्कृष्ट काम गरेकोमा अवार्ड पाएको हो  ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो ।

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको कारणले बुटवलले अवार्ड पाएको नगर प्रमुख पाण्डेयले  बताए । बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएको उनले बताए । देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको उनको भनाई छ ।

सम्बन्धित खवर