मोरङको पथरी शनिश्चरेमा एक १५ बर्षीय किशोरीको हत्या - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

मोरङको पथरी शनिश्चरेमा एक १५ बर्षीय किशोरीको हत्या

साइनो समाचारदाता/पथरी, २२ फागुन

मोरङको पथरी शनिश्चरे ७ लामाटोलीमा एक किशोरीको हत्या भएको छ । खोटाङ घर भएकी १५ बर्षीय ज्ञानकुमारी राई (संजना) को अज्ञात ब्याक्तीले धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा दाई विमल राईले शव फेला परेको स्थानियले बताए ।

खोटाङ घर भएकी किशोरी ३/४ बर्ष अघि देखि मामा घरमा बसेर पढ्दै गरेकी स्थानियले बताए । राईको फागुन २१ गते रातको १० बजे पछि हत्या भएको थियो । राति ट्वाईलेट जाने क्रममा उनको हत्या हुन सक्ने स्थानियले अनुमान गरेका छन । उक्त दिन छिमेकमा रातिको बिबाह रहको थियो ।

संजना होटल संचालन गरदै आएका मामाका छोरा विमल र उनकी श्रीमति संग बस्दै आएकी थिन । उनि पथरी शनिश्चरे १ स्थित पञ्चायत मा वि कक्षा ७ मा अध्यान गर्ने छात्रा हुन । खान पिन गरि सुति सकेको समयमा ठुलो आवाज आई हेर्न जादा बहिनीलाई कसैले धारीलो हतियार प्रयोग गरि भागेको अवस्थामा दाजु विमल र भाउजुले फेलापारेको बताए ।

घटना लगतै विमलले स्थानियको सहयोगमा प्रहरीलाई खवर गरेका थिए । घटना घटेको केहि समयमै घटना स्थललाई ईलाका प्रहरी कार्यलय पथरीले नियन्त्रणमा लिई सकेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरि सकेको छ । घटन स्थलमा जिल्लाबाट एस्पी सहितको टोलिले अनुसन्धान सुरु गरि सकेको छ । घटना स्थलमा कुकुर प्रयोग गरिए पनि रातको १ बजि सकेको कारण थप अनुसन्धान मंगलबारबाट हुने जिल्ला प्रहरी कार्यलय मोरङका एस पि नवराज कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित खवर