डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवलको उपाधी सिंहदेवी सिदुवालाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवलको उपाधी सिंहदेवी सिदुवालाई

साइनो समाचारदाता,पथरी, ५ फागुन
दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी सिंहदेवी सिदुवा फुटवल क्लव धनकुटाले चुमेको छ । उपाधी संगै सिदुवाले नगद १ लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता धरान एफ सीले ७५ हजार ५ सय रुपयाँमा चित बुझाएको छ ।

आज भएको फाईनल खेलमा धरान एफ सी सुनसरीलाई ट्राईबेकरमा हराउदै सिंहदेवी सिदुवाले उपाधी चुमेको हो । खेलमा सिंहदेवी सिदुवा ५ औं मिनेटमा अग्रता लिए पनि उपाधीका लागि ट्राईबेकर सम्म कुर्नु परेको थियो । खेलको ५ औं मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा विरेन्द्र लिम्बुले गोलको खाता खोलेका थिए । खेलको १३ औं मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

पहिलो हाफ एक एकको बराबरी खेलेको टिमले दोस्रो हाफमा कुनै गोल गर्न सकेन खेल ट्राईबेकरमा धकेलीएको थियो । ट्राईबेकरमा सिदुवाले ३ –१ गेल अन्तर धरानलाई पराजित गरेको छ । ट्राईबेकरमा सिदुवाका लागि अभिशेक लिम्बु, अशिम राई र विशाल भण्डारीले गोल गर्दै जित लिदाएका हुन । धरानका लागि मिलन राईले मात्र गोल गरे । धरानका बिकु राई, रोमन लिम्बुको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए । सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो ।


खेलको म्यन अफ दि म्याच सिदुवाको गोल रक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोसित हुदा धरानका मिलन राई उत्कृृष्ट फरर्वाड र हाई स्कोर, सचिन श्रेष्ट उत्कृृष्ट किपर, घोषित भए । प्रतियोगिताको उदयमान खेलाडी आयोजकका अजित चौधरी घोषित हुदै जनहि ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन ।
विजेता टोलीलाई प्रदेश संसद ज्ञानेन्द्र सुबेदी, गिता तिम्सीना, बेलबारी नगर उप प्रमुख नितु थापा कोइरालाले पुरस्कृत गर्नु भएको छ ।
प्रतियोगिता बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा डाँगिहाट स्थित काली माबीको खेल मैदानमा सम्पन्न भएको छ । माघ २६ देखि फागुन ५ गते सम्म संचालन भएको प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर