एपिएफको सहज जित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

एपिएफको सहज जित

साइनो समाचारदाता/ पथरी, २८ माघ ,
 मोरङको बेलबारीमा जारी दोश्रो डाँगीहाट प्रदेश स्तरिय फुटवल प्रतियोगिताको आइतबारको खेलमा ससस्त्र प्रहरी बल पकलीले सहज जित निकालेको छ । ससस्त्र प्रहरी बल पकलीले पथरी ११ बिरुद्ध ३-० को सहज जित निकालेको हो । जित संगै एपिएफ सेमिफाइनलको यात्रा तय गरेको छ ।
 एफिएफका लागि धनबहादुर श्रेष्ठले दुई गोल गरे भने एक गोल आत्माघाती भएको थियो । खेलको १४ मिनेटमा पथरीका डिफेन्सले क्लियर गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको सुरुवाती समयमै आत्माघाती गोल खाएको पथरी ११ खेल अवधीभर नै निरास बन्यो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एफिएफले दोश्रो हाफमा थप २ गोल गर्न सफल भयो ।
दोश्रो हाफको १७ मिनेटमा श्रेष्ठले पेनाल्टी मार्फत गोल गरे । वान भर्सेस बानको अबस्थामा डि एरियामा फल गरेपछी मुख्य रेफ्री बिनोद धिमालले पेनाल्टी दिएका थिए । धनबहादुरले पेनाल्टी मार्फत गोल गरे पछि एपिएफले २-०को अग्रता बनायो । दोश्रो हाफको २६ औं मिनेटमा श्रेष्ठले पथरी बिरुद्ध गोल थपे र टिमलाई ३-० को गोल अग्रता बनाए । खेलको म्यान अफ दि म्याच गोलकर्ता श्रेष्ठ घोषित भए । सोमबारको खेल कोशी प्रदेश प्रहरी टिम रानी र धरान फुटबल क्लब बिच हुने छ ।
फागुन ५ गते सम्म सन्चालन हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संन्चालन हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्दा उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ र ट्रफी प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच र बिधागत रुपमा सर्बकृष्ट कोच, सर्बकृष्ट मिल्डफिल्डर, सर्बकृष्ट किपर, सर्बकृष्ट डिफेन्स, सर्बकृष्ट फर्वड, सर्बाधिक गोलकर्ता र उदयमान खेलाडीलाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा एपिएफ पकली, रारा एफसि, पथरी ११,प्रदेश प्रहरी फुटवल क्लब रानी , ध्रुवतारा क्लब दमक, गाइघाट फुटवल क्लब, धरान फुटवल क्लव र आयोजक डागिहाट जागृती फुटवल क्लबको सहभागिता रहेको छ ।

सम्बन्धित खवर