आयोजक डाँगिहाट जागृती युवा क्लब दोस्रो चरणमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

आयोजक डाँगिहाट जागृती युवा क्लब दोस्रो चरणमा

साइनो समाचारदाता/पथरी, २८ माघ,
मोरङको डाँगीहाटमा सुरु भएको दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिता २०८० मा आयोजक डाँगिहाट जागृती युवा क्लबले विजयी सुरुवात गरेको छ । खेलको छ मिनेटमा आयोजक डाँगिहाट जागृती युवा क्लबका अन्जान चौधरीले गरेको एक मात्र गोल नै खेलको निर्णयक गोल बन्यो ।

आयोजक डाँगिहाट जागृती युवा क्लबको जित संगै ध्रुवतारा स्पोटीङ क्लव झापा पहिलो खेलबाटै बहिरिनु परेको छ । चौधरीले ध्रुवतारा झापाका डिफ्रेन्स लाईनको कम्जोरी र किपर अघि बढेको मैकामा गोल गर्दा ध्रुवतारा स्पोटीङ क्लव झापा स्तब्द बनेको थियो । खेलको म्यान अफ दि म्याच आयोजकका शंकर राई घोषित हुदै नगद दुई हजार पाँच सय प्राप्त गरे । आइतवारको तेस्रो खेल पथरी ११ र ए पि एफ क्लब पकली विच हुनेछ ।

प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहने छ । बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संचालन हुदैछ ।

माघ २६ देखि फागुन ५ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचले दुई हजार पाँच सय पुरस्कार प्राप्त गर्ने छन ।

प्रतियोगिताको मुख्य प्रायोजक आर्जु राईस मिल र सह प्रयोजक बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार बहुमुखी कृर्षी फार्म र दोस्रो पुरस्कार डाँगीहाट जापान मैत्रि समाजले सहयोग गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर