उद्घाटन खेलमा सिदुवा सिंहदेवी विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

उद्घाटन खेलमा सिदुवा सिंहदेवी विजयी

साइनो समाचारदाता/पथरी, २६ माघ
आजबाट सुरु भएको दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिता २०८० को उद्घाटन खेलमा सिदुवा सिंहदेवी फुटवल क्लव धनकुटा विजयी भएको छ ।


खेलमा अग्रता लिएको गाईघाट युनाइटेड फुटवल क्लब उदयपुरले अन्तमि एक मिनेट सम्मालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । गाईघाटका लागि खेलको २६ औं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै अग्रता लिएका थिए । पहिलो हाफमा एक गोल गरेको गाईघाट युनाइटेडले दोस्रो हाफमा गोल खान पुग्यो ।
निकै प्रतिस्पदात्मक खेलमा सिदुवा सिंहदेवीका लागि उमेश कार्कीले गोल गरेका थिए । कार्कीले थप गरिएको अन्तीम एक मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याई खेल ट्राइबेकरमा पुर्याए । ट्राइबेकरमा सिदुवाका लागि विशाल भण्डारी, उमेश कार्की, सन्जय धिमाल, सन्दिप लिम्बू र असिम राईले गोल गर्दा गाईघाटका अशोक खवास, सुदिप श्रेष्ठ, सुनिल खडकाले गोल गरे भने प्रवेश दनुवारको प्रहार सिदुवाको गोल रक्षक प्रनिजय गच्छेदार बचाउदै आफ्नो टिमलाई विजयी गराए ।

खेलको म्यान अफ दि म्याच सिदुवाका गोल रक्षक प्रनिजय गच्छेदार घोषित हुदै नगद दुई हजार पाँच सय प्राप्त गरे । भोलिको शनिवारको खेल आयोजक डाँगिहाट जागृती युवा क्लब र ध्रुवतारा क्लब झापा विच हुनेछ ।
खेलको उद्घाटन बेलबारी नगर प्रमुख दिल प्रसाद राईले गर्नु भएको थियो । खेलको उद्घाटन गर्दै नगर प्रमुख राईले नगरले खेलकुद विकासका लागि ठुलो लगानी गरेको बताउनु भयो । बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संचालन हुदैछ ।


प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहने छ । प्रतियोगितामा एपिएफ पकली, सिदुवा सिंहदेवी धनकुटा, पथरी ११, प्रदेश प्रहरी फुटवल क्लब रानी, ध्रुवतारा क्लब झापा, गाईघाट युनाइटेड फुटवल क्लब उदयपुर, धरान फुटवल क्लव सुनसरी र आयोजक डाँगिहाट जागृती फुटवल क्लब बेलबारीको सहभागिता रहेको छ ।
माघ २६ देखि फागुन ५ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचले दुई हजार पाँच सय र बिधागत रुपमा उत्कृष्ट कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरर्वाड र सर्बाधिक गोलकर्ता लाई जनहि पाँच हजारर र उदयमान खेलाडीलाई नगद सात हजार पुरस्कार प्राप्त गर्ने छन ।


प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक आर्जु राईस मिल र सह प्रयोजक बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार बहुमुखी कृर्षी फार्म र दोस्रो पुरस्कार डाँगीहाट जापान मैत्रि समाजले सहयोग गरेको छ ।

सम्बन्धित खवर