दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ०४, २०८१

दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल हुने

साइनो समाचारदात/पथरी, २१ माघ
दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिता २०८० हुने भएको छ । बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहने छ । माघ २६ देखि फागुन ५ गते सम्म प्रतियोगिता संचालन हुने जागृती युवा क्लबले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।


प्रतियोगितामा एपिएफ पकली, रारा एफसी धनकुटा, पथरी ११, प्रदेश प्रहरी फुटवल क्लब रानी, ध्रुवतारा क्लब झापा, गाइघाट फुटवल क्लब उदयपुर, धरान फुटवल क्लव सुनसरी र आयोजक डाँगिहाट जागृती फुटवल क्लब बेलबारीको सहभागिता रहने खेल संयोजक मिनकुमार राई अशोकले जानकारी दिनु भयो ।
प्रतियोगिताको बिजेताले १ लाख ५१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याचले दुई हजार पाँच सय र बिधागत रुपमा उत्कृृष्ट कोच, उत्कृृष्ट मिडफिल्डर, उत्कृृष्ट किपर, उत्कृृष्ट डिफेन्स, उत्कृृष्ट फरर्वाड र सर्बाधिक गोलकर्ता लाई जनहि पाँच हजारर र उदयमान खेलाडीलाई नगद सात हजार पुरस्कारले पुरस्कृत गरिने क्लवका सचिव आशिश कार्कीले जानकारी दिनु भयो ।


प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा माघ २६ देखि फागुन ५ गते सम्म संचालन हुने छ । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक आर्जु राईस मिल र सह प्रयोजक बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार बहुमुखी कृर्षी फार्म र दोस्रो पुरस्कार डाँगीहाट जापान मैत्रि समाजले सहयोग गरेको छ । प्रतियोगिताका लागि स्थानीय सागर कुवरले २१ हजार बरावरको जर्सी, ट्र्याक र खेल सामाग्री प्रदान गर्नु भएको छ ।


पहिलो प्रतियोगिता २०७७ मा आयोजना भएको र सो प्रतियोगितामा पथरी ११ फुटबल क्लब बिजेता बनेको थियो । अघिल्लो संस्करणको बिजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार ट्रफी हात पारेको थियो । फुटवल खेलद्धारा समाजमा सकरात्मक कार्य गर्दै आएको जागृती युवा क्लबले उत्त प्रतियोगिता आउदा बर्षमा नियमीत संचालन गर्ने क्लवका अध्यक्ष प्रभुराम अधिकारीले बताउनु भयो ।
क्लवले फुटवल प्रतियोगिता संगै जेष्ठ नागरिक सम्मान, तिज कार्यक्रम, निजि तथा सामुदायीक विद्यालयमा लागु औषध तथा दुर्वेशनी सम्बन्धी जनचेतना, रक्तदान, सार्वजनीक स्थानमा सिसी टिभी जडान लगायतका सामुदायी कार्य गर्दै आएको वडाध्यक्ष शालिग्राम बस्नेतले जानकारी दिनु भयो ।

सम्बन्धित खवर