लेटाङकी ७५ बर्षीया नेप्टी दर्जीले पाउनुभयो नागरिकता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, असार २९, २०८१

लेटाङकी ७५ बर्षीया नेप्टी दर्जीले पाउनुभयो नागरिकता

साइनो समाचारदाता/ पथरी, १५ माघ 
लेटाङ नगरपालिका वडा नं. ३ की नेप्टी दर्जीले ७५ बर्षको उमेरमा नागरिक्ता प्राप्त गर्नुभएको छ । घर परिवार विहिन दर्जीको अहिले सम्म आफन्त कोही नभएका कारण नागरिता विहिन हुनुपरेको थियो ।


दर्जीले लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राईको पहलमा नागरिक्ता प्राप्त गर्नु भएको हो । बोल्न, सुन्ने नसक्ने दर्जी शारिरिक रुपमा समेत अशक्त रहनुभएको छ । नेप्टी दर्जीले नागरिक्ताबाट बन्चित हुँदा राज्यवाट पाउने सेवा सुविधावाट समेत बन्चित हुनुपरेको थियो ।

दर्जी चार दशक अघि देखी लेटाङ नगरपालीका बजार आसपास बेसाहारा भै हिनडुल गर्दै आउनु भएको छ । दर्जीको नागरिक्तामा सनाखत गर्ने कोहि नभएकाले उहाँ नागरिक्ता पाउन बन्चित हुनु भएको थियो । उहाँको नागरिक्तामा लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राईले सनाखत गर्नु भएको छ । एक साहारा विहिन आमालाई नागरिकता दिलाई वडाध्यक्ष डम्बर वहादुर राईले सिङगो लेटाङ नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भुपेन्द्र कुमार लावतीले बताउनु भयो ।

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहा अनुसार नेप्टी दर्जीको संरक्षक भै नागरिक्ता दिलाउन सफल भएको बताउनु भयो । दर्जीलाई आज सोमबमर मोरङका सहकायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहाले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिक्ता हस्तान्तरण गर्नु भएको हो ।

नागरिक्ता हस्तान्तरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी साहाले नेपालको संविधान २०७२ ले दिएको अधिकारका आधारमा नेप्टी दर्जीलाई नागरिक्ता दिईएको र यसलाइ नयाँ संविधानको उपलब्धीको रुपमा लिन सकिने बताउनुभयो । अव नेप्टी दर्जीले राज्यले दिने सेवा सुविधा पाउनुहुने भएको छ ।

सम्बन्धित खवर