कल्याण फुटवल क्लव दोस्रो चरणमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

कल्याण फुटवल क्लव दोस्रो चरणमा

साइनो समाचारदात/पथरी, ९ माघ
मोरङको पथरी शनिश्चरेमा आयोजित खेलकुद महोत्सब अन्तरगत मंगलबार भएको फुटबलको खेलमा कल्याण फुटवल क्लब विजयी वनेको छ । वि सिक्स्टीनलाई २–४ गोल अन्तरले पराजित गर्दै कल्याण फुटवल क्लव दोस्रो चरण प्रबेश गरेको हो ।


खेलको अग्रता जोगाउन नसक्दा वि सिक्स्टीनले हार बेहोर्नु परेको थियो । कल्याणको जितमा सुरज याक्खाले ह्याट्रक गरे भने विवेक आङदम्वेले १ गोल गरेका थिए । खेलको ३० सेकेन्डमा वि सिक्स्टीन कविराज राईले गोल गरे पनि खेलमा अन्य स्कोर गर्न नसक्दा हार बेहोर्नु परेको थियो ।
खेलको सुवातीमै गोल खाएको कल्याण फुटवल क्लबका लागि विवेक आङदम्बेले खेलको ३३ औं मिनेटमा गोल गर्दै खेल बारारीमा बनाए । दोश्रो हाफमा एक पक्षिय दबाब बनाएको कल्याण फुटवल क्लबका लागि ब्यात्तीगत ३ गोल गर्दै सुरज याक्खाले ह्याट्रक पुरा गरे । याक्खाले दोस्रो हाफको ९, २७ र ३८ औं मिनेटमा गोल गरेका थिए । वि सिक्स्टीनका लागि दोस्रो गोल दोस्रो हाफको ३१ औं सुरज सिवाँले गरेका थिए ।


खेलको म्यान अफ दि म्याच विजयी टिमका ह्याट्रक कर्ता सुरज याक्खा घोषीत हुदै नगद २ हजार प्राप्त गरे । भोलिको खेल युनिटी फुटबल क्लब र राईजिङ स्टारका विच हुने छ । प्रतियोगिताको विजेताले १ लाख र ट्रफि र उपविजेताले ५० हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ ।
नगरले नगर भित्र रहेका खेलाडी र खेलको पहिचान गर्ने उदेश्यले खेलकुद महोत्सव (नगर ओलम्पीक) को आयोजना गरेको हो । दश दिन सम्म सन्चालन हुने खेलकुद महोत्सबमा महिला र पुरुष फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल, मिनी म्याराथुन, कराते र तेक्वान्दो प्रतियोगीता संचालन हुदैछ ।


पथरी शनिश्चरे नगरपालिकाले नगर भित्र खेलिने खेलहरुलाई मध्यनजर गर्दै खेलकुद महोत्सव ९नगर ओलम्पीक० को आयोजना गरेको हो । माघ ६ देखि १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ (नगर ओलम्पीक) मा ७ वटा विधामा प्रतिस्पर्धा हुदैछ । नगरले पहिलो पटक “खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ खेलकुदमा नयाँ आयमको सुरु गरेको नगर खेलकुद विकास समिति संयोजक दिपक राईले बताउनुभयो ।

सम्बन्धित खवर