पथरी शनिश्चरे खेलकुद महोत्सबको दोस्रो खेलमा नाजरिन क्लव विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

पथरी शनिश्चरे खेलकुद महोत्सबको दोस्रो खेलमा नाजरिन क्लव विजयी

अर्जुन काफ्ले/ पथरी, ७ माघ
मोरङको पथरी शनिश्चरेमा आयोजित खेलकुद महोत्सब अन्तरगत आइतवार भएको दोस्रो दिनको फुटबलको खेलमा नाजरिन युथ क्लब विजयी वनेको छ । वाइ एफ सिलाई ५–० गोल अन्तरले पराजित गर्दै नाजरिन क्लव दोस्रो चरण प्रबेश गरेको हो । नाजरिनका लागी सलिन तामाङ दिरीङ राई र गुन्जाहाङ लिम्बुले गोल गर्दै आफ्नो टिमलाई विजयी गराए ।


खेलको ७ र १३ मिनेटमा नाजरिन क्लवका सलिन तामाङले गोल गर्दै अग्रता बनाए । दोश्रो हाफको ११ र २३ औं मिनेटमा दिरिङले गोल गर्दै टोलीको अग्रता ४–० बनाए । इन्जुरी समयको २ मिनेटमा गुन्जाहाङले गोल गदै टिमलाई ५–० ले विजयी वनाए ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका गुन्जाहाङ लिम्बु घोषीत हुदै नगद २ हजार प्राप्त गरे । सोमबार युनिटी फुटबल क्लब र पुलचोक युथ क्लब विच खेल हुने छ । प्रतियोगिताको विजेताले १ लाख र ट्रफि र उपविजेताले ५० हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ ।


नगरले नगर भित्र रहेका खेलाडी र खेलको पहिचान गर्ने उदेश्यले खेलकुद महोत्सव (नगर ओलम्पीक) को आयोजना गरेको हो । दश दिन सम्म सन्चालन हुने खेलकुद महोत्सबमा महिला र पुरुष फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल, मिनी म्याराथुन, कराते र तेक्वान्दो प्रतियोगीता संचालन हुदैछ ।
पथरी शनिश्चरे नगरपालिकाले नगर भित्र खेलिने खेलहरुलाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पीक) को आयोजना गरेको हो । माघ ६ देखि १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ (नगर ओलम्पीक) मा ७ वटा विधामा प्रतिस्पर्धा हुदैछ । नगरले पहिलो पटक “खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ खेलकुदमा नयाँ आयमको सुरु गरेको नगर खेलकुद विकास समिति संयोजक दिपक राईले बताउनुभयो ।

सम्बन्धित खवर