पथरी शनिश्चरे नगर खेलकुदसुरु, फुटवलको उद्घाटन खेलमा सिरीजंघा विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

पथरी शनिश्चरे नगर खेलकुदसुरु, फुटवलको उद्घाटन खेलमा सिरीजंघा विजयी

गोपाल काफ्ले/ पथरी, ६ माघ
मोरङ्गकोपथरीशनिश्चरेमा शनिबारबाट नगर खेलकुद महोत्सबको उद्घाटन भएको छ । खेलकुद महोत्सवको उद्घाटनमा भएको फुटवल खेलमा सिरीजंघा स्पोटीङ क्लवले विजयी सुरुवात गरेको छ ।

खेल महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख मोहन तुम्बापोले नगर र देशको नाम अन्तराष्ट्रीय स्तरमाचिनाउने भएकाले नगरले खेलकुद महोत्सवको अवधारण अघि बढाएको बताउनु भयो । उहाँलेखेलकुदको माध्यमबाट खेलाडीको शरिरिक, मानसिक विकास हुने र दुर्वेशनीबाट टाठा हुने समेतबताउनु भयो ।

नगर खेलकुद विकास समितीको आयोजनामा भएको खेलकुद महोत्सब उद्घाटन खेलमा प्रभात सामुदायीक युवाक्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै सिरीजंघा स्पोटीङ क्लब दोस्रो चरण प्रबेशगरेको छ । सिरीजंघाका लागी सौर्य राउत, अंकित लिम्बु र दिपराज लिम्बुले १/१ गोलगरे । प्रभात सामुदायीक युवा क्लबका लागी रोशन माझिले एक सात्वना गोल गरेका थिए ।

खेलको ६ मिनेटमा सिरजंघाका सौर्य राउतले संयोग थापाको क्रस पासलाई जाली चुमाउदै अग्रता लिएका थिए । खेलको २७ औ मिनेटमा प्रभातका रोशन माझीले गोल गर्दै खेल बराबरीमा ल्याए । माझीले रोशन न्यौपानेको पासमा सिरीजंघाका गोलकिपर विशाल दर्लामी मगरलाई विट मार्दै गोल गरे । त्यसपछि गोल हुन सकेन र पहिलो हाफ १/१ गोलको बराबरीमा सकियो । दोश्रो हाफमा सिरीजंघाले उत्कृष्ट प्रदशन गर्दै थप २ गोल गर्न सफल भयो । दोश्रो हाफको ६ मिनेटमै अंकित लिम्बुले हेडिङ्ग मार्फत गोल गरे । डि एरीया नजिकवाट आएको फ्रिकिकलाई प्रभातका खेलाडीले क्लियर गर्न नसक्दा अंकितले सुन्दर गोल गरे । अतिरीक्त समयको दोश्रो मिनेटमा दिपराज लिम्वुले वान भर्सेस वानमा गोल गर्दा सिरीजंघाले ३ गोलको अग्रता बनायो ।

खेलको म्यान अफ दि म्याच सिरीजंघाका सम्योग थापा घोषित भए । आइतबार वाईएफ सि र नजरिनयुथ क्लब बिच खेल हुने छ । पुरुष फुटबलको विजेताले १ लाख र ट्रफि र उपविजेताले ५० हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ । दश दिन सम्म सन्चालन हुने खेलकुद महोत्सबमा महिला र पुरुष फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल,मिनी म्याराथुन, कराते र तेक्वान्दो प्रतियोगीता हुने छ । सोमबारवाट क्रिकेट र अन्य खेल सुरु हुने छन् ।

सम्बन्धित खवर