पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव (नगर ओलम्पीक) हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव (नगर ओलम्पीक) हुने

साइनो समाचारदाता /पथरीे, ५ माघ 
पथरी शनिश्चरे नगरपालिकाले नगर भित्र खेलिने खेलहरुलाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पीक) गर्ने भएको छ । माघ ६ देखि १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ (नगर ओलम्पीक) मा ७ वटा विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।


नगरले पहिलो पटक “खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ खेलकुदमा नयाँ आयमको सुरु गरेको छ । नगर भित्र रहेका खेलाडीको पहिचान र हौसला प्रदान गर्दै सिक्ने र केहि नौलो कार्यक्रम गर्ने उदेश्यले खेलकुद महोत्सव (नगर ओलम्पीक) को आयोजना गरेको खेलकुद विकास समिति संयोजक दिपक राईले बताउनुभयो । सकेसम्म बढि खेलहरू समावेस गर्ने कोसिस गरेका छौ पहिलो पटक भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको संयोजक राईले बताउनु भयो । महोत्सव नगरकै गौरव भएकाले यसलाई सफल बनाउन सम्पुर्ण नगरबासीको लाग्न संयोजक राईले अनुरोध गर्नुभयो । माघ ६ गते हुने शनिवार प्रस्तावित पथरी रंगशालामा उद्घाटन हुने कार्यक्रमको अन्तिम चरणमा पुगेको छ ।

नगरले आयोजना गरेको खेलमा फुटबल, तेक्वान्दो, कराँते, र मिनि म्याराथन (दौड) बुद्धिचाल (चेस),
भलिवल र क्रिकेट रहेको छ । जस्मा फुटबल, तेक्वान्दो, कराँते, र मिनि म्याराथन (दौड) महिला र पुरुष दुबै विधामा हुने समितिका सदस्य सचिव तथा नगर शिक्षा तथा खेलकुद शाखाका अधिर्कत नविन खुलालले जानकारी दिनु भयो । बुद्धिचाल (चेस) खुल्ला रहने छ भने भलिवल, क्रिकेट, पुरुष विधामा प्रतिस्पर्धा हुने नगर खेलकुद संयोजक दिपक राईले जानकारी दिनु भयो ।

नगरले खेलकुदको वार्षिक कार्यक्रम अन्तरगत पहिलो पटक महोत्सवका गर्न लागेको हो । १४ लाख ३१ हजारको बजेटमा हुन लागेको महोत्सवमा फुटबलका १० वटा टिम, क्रिकेटमा ९ वटा, भलिवलमा ७ वटा टिमले सहभागी जनाएका छन । कराँतेमा पुरुष ३७ र महिला २० जना, तेक्वान्दोमा ५० जना, बुद्धिचालमा हाल सम्म ८० जनाको नाम दर्ता भएको छ भने मिनि म्याराथनका लागि ३० जनाले नाम दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।


खेलकुदका कार्यक्रमहरु बुद्धिचाल सिनभिलेज पार्टी प्यालेसमा, क्रिकेट जिरीखिम्ती मैदानमा र अन्य खेलहरू प्रस्तावि पथरी रंगशाला जाँतेमोडमा हुने आयोजकले जानकारी दिएको छ । फुटबल प्रतियोगितामा विजेता टिमले नगद १ लाख, उपविजेतालाई ५० हजार, महिला तर्फ विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगद ट्रफी, मेडल रहेको छ । भलिवल खेलमा प्रथम हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलो २० र दोस्रो १५ हजार पुरस्कार प्राप्त गर्ने छन । कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार ५ हजारका दरले रहने छ भने मिनि म्याराथनमा प्रथम ६ हजार, दोस्रो ४ हजार र तेस्रो हुनेले २ हजारका दरले नगद पुरस्कार पाउने छन ।

फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सले पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा फुटबल, क्रिकेट र भलिबल प्रतियोगिताको खेल तालिका पनि सार्वजानिक गरिएको छ ।

सम्बन्धित खवर