महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन सरकार प्रतिबद्ध छ : युवा तथा खेलकुद मन्त्री लिम्बु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, फागुन १३, २०८०

महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन सरकार प्रतिबद्ध छ : युवा तथा खेलकुद मन्त्री लिम्बु

साइनो समाचारदाता/ धरान, ३ माघ,  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन लगानी गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ । धरानमा नेपाल उद्यमशील महिला महासङ्घले आयोजना गरेको ऊनको सामाग्री बनाउने तालीमको उद्घाटन गर्दै  मन्त्री लिम्बुले उत्त कुरा बताउनु भएको हो ।

मन्त्रि लिम्बुले नेपाली बजारमा कच्चापदार्थ जे उपलब्ध छ त्यसलाई व्यवसायीकरण गर्न महिलाको ठुलो हात रहेको समेत बताउँनु भयो । उहाँले धन्नु भयो ‘आर्थिक सुदृढीकरण गर्न स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन वृद्धि गर्ने उद्यममा जोड गरौँ ।’ स्थानीय कच्चा पदार्थ पराल, पटेर, अल्लो, सिस्नु, ढाका, भेडाको ऊनलाई सदुपयोग गरी ‘आत्मनिर्भर उद्यम’ समयको माग भएको मन्त्री लिम्बुले बताए । उनले भने ‘जुन स्थानमा जे उपलब्ध छ सोही पदार्थ सदुपयोग गर्दै उद्यमशील भई देशको आर्थिक उपार्जनमा वृद्धिदर गर्न सहयोग पुग्न सक्छ ।’ सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा सञ्चालन हुने तालिम माघ ३ देखि १७ गते सम्म सञ्चालन हुने महासचिव मञ्जु पराजुलीले बताइन् ।

तालिममा ४५ जना सहभागी छन् । समारोहमा रेडक्रसका सभापति उमेश थापा, एकीकृत समाजवादीका अध्यक्ष रेवतिरमण राई, धरानकी पूर्व उपमेयर मञ्जु भण्डारी, प्रदेश सांसद रमेश बस्नेत, यशोदा कायस्थ लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए । अध्यक्षता उद्यमशील महिला महासङ्घका केन्द्रीय अध्यक्ष राधा कार्कीले गरेको थिइन् । सोही अवसरमा नेपाल उद्यमशील महिला महासङ्घ कोशी प्रदेश कमिटी अध्यक्ष बिटु गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको घोषणा गरिएको थियो । वरिष्ठ उपाध्यक्ष मञ्जु श्रेष्ठ, महासचिव ज्ञानु थापा, सचिव शारदा कोइराला, कोषाध्यक्ष शिला तामाङ छन् । सदस्यहरूमा एलिना राई, सुमित्रा प्रसाईँ थापा, रोजिना कुलुङ राई, रिता लिम्बू, नगेन्द्र कुमारी खत्री, सुन्तला अधिकारी परियार, अम्बिका धमला, विमला सुवेदी कार्की, शोभा घिमिरे, रिता राई छन् ।

सम्बन्धित खवर