कार्यपालिका सदस्य सचिवको कारण पथरी शनिश्चरे ८ मा ताला, ४ घन्टापछि खुल्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १०, २०८०

कार्यपालिका सदस्य सचिवको कारण पथरी शनिश्चरे ८ मा ताला, ४ घन्टापछि खुल्यो

साइनो समाचारदाता/पथरी, २२ पुस,  साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ का स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा लगाएको ताला खोलिएको छ । सखुवारामा स्थापना हुने भनिएको प्रहरी चौकी  दोहलु शुक्रबारे हुनु पर्ने माग गर्दै साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ का स्थानीयबासीले १० बजे अघि नै ताला लगाएका थिए ।

पथरी शनिश्चरे र प्रसासनीक कर्मचारीको फटाइका कारण विबाद उत्पन्न भएको हो । हात पथरी शनिश्चरेको ३ स्थानमा पथरी शनिश्चरे ८ काे दोहलु शुक्रबारे, पथरी शनिश्चरे ७ किर्तिपुर बजार र पथरी शनिश्चरे ३ पिपल चोकमा पहिलो प्राथमिक्तामा प्रहरी चौकीको आवस्यता रहेको देखिन्छ ।

कार्यपालीकामा भदौ महिनामा पथरी शनिश्चरे ७ किर्तिपुर बजारमा प्रहरी चौकी राख्ने विषयमा छलफल भएकाे पथरी शनिश्चरे वडा नं ७ का वडाध्यक्ष उद्धव बस्नेतले बताउनु हुन्छ । उहाँले  वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले राखेको प्रस्तावमा निर्णय भएको तर पछि कहाँबाट ८ मा पुग्मायो सबै अचम्ममा परेको बताउनु भयो ।

कार्यपालिका सदस्य सचिवकोले कार्यपालिकामा प्रस्ताव र छलफलै नभएको वडा न‌ ८ सोमबारे बजारको विषय निर्णयमा उल्लेख गरे पछि आफुले फरक मत राखेको वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेलेको भनाई छ ।  नगरमा प्रतिपक्ष कम्जोर रहेका कारण धेरै यस्ता घटना भित्र भित्रै दविने गरेको उहाँको भनाई छ । कार्यपालिकामा जे निर्णय भएको थियो सोहि अनुसार कार्यपालिका सदस्य सचिवकोले निर्णय गरेको भए आज यो अवस्था आउने थिएन वडाध्यक्ष न्यौपानेले बताए ।

वडाध्यक्षको भनाई अनुसार कर्मचारीले छलफल भन्दा फरक माइनुटमा निर्णउ गरेको प्रस्ट बुझिन्छ । कार्यपालिकाले पहिलो प्राथमिक्ताका आधारमा किर्तिपुरमा राख्ने निर्णय गरेको थियो । तर नगरका कार्यपालिका सदस्य सचिवकोले नजिकै दुई वटा सुरक्षाा निकाय (कुसे प्रहरी चौकी र ससत्रकाे बेश क्याम) भएको स्थानमा निर्णयमा थपेको देखिन्छ ।

यता नगरका कार्यपालिका सदस्य सचिव तथा प्रमुख प्रसासकिय अधिकृत शशी राई संग बुझ्दा आफु आईकन उत्त विषयमा छलफल नभएको र उत्त विषय आफुलाई थाहा नभएको बताउनु भयो ।

पथरी शनिश्चरे ८ साबिक शनिश्चरे ४ मा सुरक्षाका कुनै पनी निकाय सकृय नरहेकाले चोरी, डकैती, लागुऔषत ओसारपोसा लगायत अपराधिक घटना घट्दै आएको र प्रहरी चौकीको माग गरिएको संघर्ष समितिका सचिब सुनिल सदेम्बा लिम्बुले बताए । स्थानीयबासीले वडा सदस्य बाबुराम चौधरीको अध्यक्षता गत पुष १८ गते दोहलु शुक्रबारे आम भेला बसेको थियो ।

१ सय ८८ उपस्थित भेलाले प्रहरी चौकी माग गर्ने निर्णय गरेको थियो । भेलाले तुम्साको नेतृत्वमा १३ सदस्यीय संघर्ष समिति, गङ्गा भन्डारी संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको थियो । साथै दोहलु शुक्रबारेमा रहेकोे २ कोठे टहरा भवनलाई प्रहरी चौकीको कार्यालयको स्थान उपयोग गर्ने समेत निर्णय गरेको थियो ।

तालाबन्दी गरेको ४ घन्टापछि दिउँसो २ बजे ताला खोलिएको छ । वडा अध्यक्ष नबिनजङ्ग कार्कीले सखुवारामा स्थापना हुने भनिएको प्रहरी चौकी अहिले नबनाउने  र उपयुक्त स्थान खोज्ने सहमति जुटेपछि कार्यालयको ताला खोलिएको बताएका छन् । प्रहरी चौकी माग गर्न बनेको संघर्ष समितिका अध्यक्ष वीर बहादुर तुम्सा नेतृत्वको टोलीले प्रहरी चौकीको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको  थिए ।

 

सम्बन्धित खवर