विकास भनेको सरकारले मात्र गरेर हुदैन प्रमुख आयुक्त थपलिया - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, फागुन १३, २०८०

विकास भनेको सरकारले मात्र गरेर हुदैन प्रमुख आयुक्त थपलिया

गोपाल काफ्ले/पथरी, १४ पुस
विकास भनेको सरकारले मात्र गरेर नहुने प्रमुख निर्वाचन आयुक्त दिनेशराज थपलियाले बताउनु भएको छ । आज शनिवार मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरको सामुदायीक भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले उत्त कुरा बताउनु भएको हो ।

स्थानीय, उपभोक्ता र संघ संस्था सकृय भई लगानी गरि विकास माग्नु पर्ने थपलीयाको भनाई रहेको छ । जब स्थानीय सकृय र विकास प्रति प्रतिबद्ध भएमा मात्र विकास हुने उहाँले बताउनु भयो । आयुत्त थपलियाले जेष्ठ नागरिकको साहारा युवा शक्ति पलायन भएको प्रति चिन्ता ब्यात्त गर्दै यस्ता सामुदायीक भनव र धार्मीक मठमन्दिरमा बा आमाका लागि समय ब्यातित गर्ने जेष्ठ नागरिक मिलन केन्द्रको स्थानमा पहलमा लाग्नु पर्ने बताउनु भयो । सामुदायीक भवन र धार्मीक मठमन्दिरले शुख र शान्ति प्रप्त हुने गर्ने बताउदै मानव जिवनमा खुसी मिल्ने थपलियाले बताउनु भयो ।
भवन निर्माण र पथरी शनिश्चरे नगर क्षेत्रको विकासमा आयुक्त थपलियाको योग्दानको रहेको बताउदै मन्दिर समितिले थपलियालाई सम्मान गरिएको छ ।

मन्दिर समितिका अध्यक्ष विर बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पण्डित केवल कृष्ण अधिकारीले भनव निमार्णमा अझै अपुग रहेको बताउनु भयो । अधिकारीले सबैको सहयोगले सामुदायीक भवनको निर्माण भएको बताउदै सहयोगिदातालाई धन्यबाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी मोरङ जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराई, नगर प्रमुख मोहन प्रसाद तुम्बापो वडाध्यक्ष भिम कुमार राईले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
७९ लाखको लागतमा नर्वदेश्वर शिवालय मन्दिर परिसरमा सामुदायीक भवन सम्पन्न भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र सहयोगिदाताको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

सम्बन्धित खवर